२१ जेष्ठ २०८०, आईतवार

अफगानिस्तानका राजदूतकी छोरी पाकिस्तानमा अपहरित र ‘चरम यातना’ दिइएको आरोप



एजेन्सी । पाकिस्तानका लागि अफगानी राजदूतकी छोरीलाई हमलाकारीले अपहरण गरेर घाइते बनाइदिएको अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानी राजधानी इस्लामावादमा सिलसिला अलिखिल शुक्रवार केही घण्टा अपहरणकारीको कब्जामा परेकी थिइन् ।

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ राजदूतकी छोरीलाई ‘चरम यातना’ दिइएको थियो र उसले त्यसबारे असन्तुष्टी दायर गर्नेछ ।

दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावयुक्त छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार बीसको उमेरमा रहेकी सिलसिला अलिखिललाई उनी यात्रा गरिरहेकै कारमा प्रवेश गरेर आक्रमणकारीले पीटपाट गरेका थिए ।

अपहरणमुक्त भएपछि उनको एउटा अस्पतालमा उपचार गरिएको थियो ।

राजदूत नजिब अलिखिलले ‘अमानवीय आक्रमण’को भत्सर्ना गर्दै अहिले उनकी छोरीको अवस्था ‘ठीक हुँदै गएको’ बताए ।

अफगानी विदेश मन्त्रालयले आफ्नो गम्भीर चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कुटनीतिज्ञ र उनका परिवारको सुरक्षा सुनिश्चित गर्न भनेको छ ।

राजदूतको सुरक्षा व्यवस्था कडा बनाइएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ ।

पाकिस्तानका आन्तरिक मन्त्री शेख रशिद अहमदले प्रधानमन्त्री इमरान खानले दोषीलाई तत्काल पक्राउन गर्न चाहेको बताएका छन् ।

अफगानिस्तानमा हिंसा बढिरहेका बेला पछिल्ला हप्तामा दुई देशबीचको सम्बन्ध झन् बिग्रँदै गइरहेको छ ।

अफगान सरकारले पाकिस्तानले अफगानिस्तानभर विद्रोह गरिरहेका तालिबान लडाकुलाई सुरक्षित स्थान उपलब्ध गराएको आरोप लगाउँदै आएको छ ।

तालिबान लडाकुहरूले देशभरमा उसको नियन्त्रण बढाउँदै लगेको छ भने थुप्रै सीमा चौकीमा कब्जा जमाउँदै गएको छ ।

‘म यो पीडासँग बाँच्न सक्दिन । म पनि मरेको भए हुन्थ्यो ।’

अमेरिकाले आफ्ना सुरक्षाकर्मी ११ सेप्टेम्बर अगावै अफगानिस्तानबाट फर्काउने भनेपछि अफगानिस्तानमा तालिबानी प्रभाव बढ्दै गएको छ ।

अमेरिकाका अरू सहयोगी मुलुकहरू यूके लगायतले आफ्ना सबै सुरक्षाकर्मीलाई देश फर्काइसकेका छन् ।

पाकिस्तानले भने उसको भूमिबाट लडाकुहरूलाई आक्रमण गर्न दिएको भन्ने आरोप अफगानिस्तानमाथि लगाउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको