२१ जेष्ठ २०८०, आईतवार

देउवालाई विश्वासको मत दिन झलनाथ खनालको अपिल



३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफ्ना सांसदलाई आग्रह गरेका छन् ।

दिल्लीमा उपचाररत खनालले आइतबार विज्ञप्तिमार्फत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गरेका हुन् । ‘कुनै प्रभाव र अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस्,’ उनले गरेको अपिलमा भनिएको छ,‘अदालतको फैसलाको सम्मानका लागि कुनै अलमलमा नपरी देउवालाई मत दिनुहोला ।’

अदालतको फैसलाको सम्मानका लागि पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने उनको भनाइ छ । संसदमा आफू उपस्थित हुन पाएको भए आफ्नो मत पनि देउवालाई दिने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले संसदमा आज विश्वासको मत लिँदै छन् ।

May be an image of text that says 'बहसहरू संचालन गरौ हाम्रो पार्टीको दोसरो पुस्ताका साथीहरुको पहलकदमीलाई समर्थक गरौ र एकता सघर्ष र उन्नतस्तरको एकताको दरन्हात्मक प्रक्रिया मार्फत पार्टीलाई नयाँ धरातलमा एकताबद्द बनाउंदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेलौं यो नै हाम्रो पार्टी एकताको सहि मार्ग हो यो मार्गलाई ठीक ढंगले अनुसरण गर्न सकिएन र पार्टी नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिन सकेन भने हाम्रो पार्टीको एकता जोगाउन सम्भव छैन ०३ साउन,२०७६ २०७5 भलनाथ खनाल वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री'

प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको