१४ जेष्ठ २०८०, आईतवार

आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी



३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको बैठक आजै बोलाइएको छ । देउवाले आजैको बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

आज दुई चरणमा प्रतिनिधिसभाको बैठक बस्ने तयारी छ । दोस्रो चरणमा विश्वासको मत लिने देउवाको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

आज दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । उक्त बैठकमा विश्वासको मत लिने सम्बन्धी निर्णय हुने बताइएको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार आजै विश्वासको मत लिने देउवाको तयारी छ ।

सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नेपाली का‌ग्रेसले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै माओवादी केन्द्रले पनि आज बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको