ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक
२, साउन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (आइतबार) बोलाएका छन् । स्थायी कमिटीको बैठक भोलि (आइतबार) बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
ललितपुरको ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि शुक्रबार पनि सोही प्रतिष्ठानमा एमाले स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो ।
कार्यदल भंग भए पनि स्थायी कमिटीका नेताहरूले आज बिहान सिंहदरबारमा छलफल गरेका थिए ।
भोलिको बैठकले केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने बताइएको छ ।