१४ जेष्ठ २०८०, आईतवार

गोकर्ण विष्ट भन्छन्ः कुनै हालतमा पनि एकता जोगाउँछौँ



२ साउन, काठमाडौं । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले १० बुँदे सहमतिकै आधारमा एकता जोगाउने बताएका छन् ।

पार्टी एकता जोगाउन कै लागि नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू जुटेका उनले बताए ।

एमालेको एकता जोगाउनका लागि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरूबीच छलफल भएको हो ।

दोस्रो तहको अनौपचारिक बैठकमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गरेर एकता जोगाउने विषयमा छलफल भएको एमालेका सचिव गोकर्ण विष्टले बताए । ‘पार्टीलाई एकताबद्ध बनाउनको लागि हामी लागिपरिरहेका छौँ । हामीले कुनै हालतमा पनि एकता जोगाउँछौँ ।’ उनले भने,‘एकता जोगाउन छलफल भइरहेको छ । तर, आजको यो कुनै औपचारिक बैठक होइन ।’

विवाद समाधानका लागि गठित कार्यदलको पेश गरेको १० बुँदे प्रस्ताव शुक्रबार बसेको स्थायी कमिटीको बैठकले अनुमोदन गरी कार्यदल भंग गरेको थियो ।

कार्यदलमा संस्थापनतर्फ सुवास नेम्बाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए । भने नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए । आज सिंहदरबारमा भएको बैठकमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको