१४ फाल्गुन २०७७, शुक्रबार

बिहिबार थपिए १२२८ कोरोना सङ्क्रमित, ६ को मृत्यु



१८ भाद्र, काठमाडौं । गएको २४ घण्टाभित्र मुलुकभर १२ सय २८ जना कोराना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलले बिहिबार १२२८ मा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार देशभर १३ हजार ४ सय १३ जनाको नमुना परिक्षण भएकोमा ३९४ महिला र ८३४ पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आजको संख्यासहित कोरोना सङ्क्रमितको संख्या ४३ हजार ८ सय ७७ पुगेको छ ।

आजै काठमाडौं उपत्यकामा ४ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ३ सय ५७, ललितपुुरमा ४६ र भक्तपुरमा ४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै आज देशभर ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।

देशका बिभिन्न अस्पतालमा उपचाररत ९ सय ७ जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमित १८ हजार ४ सय १३ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु