एमाले विवाद मिलाउन ओली र नेपाल पक्षका नेताहरू छलफलमा
१ साउन, काठमाडौं । नेकपा (एमाले) को दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । यसअघि पार्टी एकताका लागि दुवै पक्षले कार्यदल बनाएरै वार्ता गरिरहेका थिए ।
शुक्रबार बसेको एमालेको स्थायी कमिटीकै बैठकले उक्त कार्यदल भंग गरिदिएको थियो । भंग भएको भोलिपल्ट कार्यदलका सदस्यहरू अनौपचारिक छलफलमा जुटेका हुन् । उनीहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
वार्ताटोली औपचारिक रुपमा भंग भए पनि पार्टी एकता जोगाउने उपायका बारेमा नेताहरुबीच अनौपचारिक छलफल चलिरहने उनीहरुले बताएका छन् । अब यो दायरमा स्थायी कमिटीका अन्य नेताहरुलाई समेत समेटेर दबाब दिने तयारी भइरहेको छ ।
विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ । एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।