आज जुम्लामा कोरा–२०२१ साईक्लिङ्ग च्यालेन्ज हुँदैः अभियन्ता चौलागाईँ
२ श्रावण, जुम्ला । आज शनिबार जुम्लामा दोस्रो पटक कोरा–२०२१ साईक्लिङ्ग च्यालेन्ज हुँदैछ । साईक्लिङ्गसम्बन्धी अभियन्ता माधव चौलागाईंले जुम्लामा हुनुहुन्छ, साइकल छ/मिल्छ र रहर भने एक्लै वा समुहमा माई कोरा च्यालेन्ज २०२१ गर्न आह्वान गरेका छन् ।
अभियान्ता चौलागाईँले सामाजिक सञ्जालमार्फत् कोरा–२०२१ मा राइड गर्ने, रमाइलो गर्ने, फोटो खिच्ने, शेयर गर्ने, लक्की ड्रमा भाग लिन सकिने बताएका छन् । उनले नेपालसँगै जेनेभाको ताल वरिपरि हुने राइडसँगको सहकार्यमा बन्ने भिडियोको लागि आफ्नो राइड भिडियो आफै बनाएर भाग लिन पनि सक्ने जनाएका छन् । साइक्लिङ्गको रुट ऐतिहासिक चन्दननाथ मन्दिर, मार्सी धानका खेतहरू, समुदाय हुँदै तिला नदी वरिपरि हुनेछ ।
चौलागाईँकै अगुवाईमा भएको कोरा २०२० साईक्लिङ्ग च्यालेन्जमा पहिलो पटक सामान्य साईकलबाट २० भन्दा बढी युवाहरुले सहभागी भएका थिए । पछिल्लो समय स्वाथ्यका लागी साईकल भन्ने मुल नारा लिएर बिभिन्न ठाउँहरुमा साईक्लिङ्ग गतिविधि तीव्र रूपमा अघि बढिरहेको छन् ।