२१ जेष्ठ २०८०, आईतवार

कर्णालीका तिन मन्त्री भोली शनिबार हुम्ला जाँदै




१ साउन, सुर्खेत । कर्णालीका तिन जना मन्त्री भोली (शनिबार) हुम्ला जाने भएका छन् । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा शनिबार बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला जान लागेका हुन् ।

उत्तरी छिमेकी मुलु चीनसँग सीमा जोडिएको हिल्सा नाकामा निर्माण गरिएको गेट उद्घाटन गर्न कर्णाली प्रदेशका तीनजना मन्त्री शनिबार जाने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

कर्णाली प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा हिल्लामा निर्माण सम्पन्न भए पश्चात मन्त्रीको टोली उद्घाटनका लागी हुम्ला आउने कार्यक्रम रहेको कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको