२१ जेष्ठ २०८०, आईतवार

कालिकोटको नरहरिनाथ लालीघाटमा गोरेटो बाटो निर्माण गर्न थालियो




१ साउन, सुर्खेत । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जाने गोरेटो बाटो निर्माण गर्न थालिएको छ । युएसएआईडिको सहयोगमा मर्सिकोर नेपाल र हुरेन्डेक नेपाल कालिकोटको साझेदारीमा नरहरिनाथ गाउँपालिका–१ को लालिघाटदेखि धारीसम्मको गोरेटो बाटो निर्माण गर्न थालिएको हो ।

घोरेटो बाटो निर्माण कार्य भइरहेको र बाटो जिते पुलको अगाडि पट्टिबाट माथी तिर लाग्ने उकालो बाटो नरहरिनाथ अंधिकास नागरिकले प्रयोग गर्ने भएकाले निर्माण थालिएको हुरेन्डेक नेपालका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । ‘यो गोरेटो बाटोमा सबैभन्दा बढी समुदायले प्रयोग गर्ने वा हिड्ने बाटो हो ।’ उनले भने,‘निकै जोखिम भएकोले बाटो निर्माण गर्ने कार्यको थालनी गरिएको हो ।’

गोरेटो बाटो निर्माणले स्थानीयहरुलाई हिड्न सजिलो हुने बुढाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको