अध्यादेशबाट बजेट आउनु बिडम्बनाः कर्णाली प्रदेश सरकार
१ साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु बिडम्वनापूर्ण भएको बताएको छ । आज शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आफुहरुले बजेट संसदबाट नै ल्याउन खोजेको तर, प्रतिपक्ष दल नेकपा(एमाले)का कारणले अध्यादेशमार्फत बिडम्बनापूर्ण रहेको बताएका हुन् ।
कर्णाली प्रदेश सरकारको बिडम्बना भएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बताए । ‘अध्यादेशमार्फत बजेट आउँला भनेर कल्पना पनि गरिएको थिएन् । प्रदेशसभामा टेबुल भएको बजेट अध्यादेशमार्फत ल्याउनु परेको छ ।’ उनले भने,‘प्रतिपक्षको निरन्तर अबरुद्ध भएका कारणले बैकल्पिक बाटो रोजेका हौं । यो बिडम्बनाको बिषय हो ।’
पेश्की बजेट ल्याउँदा चालुतर्फको खर्च मात्र गर्न पाइने भएका कारणले अध्यादेशमार्फत बजेट ल्याएको मन्त्री शर्माले बताए । ‘कर्णालीमा भौगोलिक कठिनाई कारणले विकास निर्माणमा असर पर्ने भएकाले अध्यादेशमार्फत बजेट ल्याएका हौं ।’ उनले भने,‘प्रतिपक्षले बजेटको कार्यसूचीमा प्रवेश गर्न दिएन् ।’
पेश्की खर्च एक वैकल्पिक प्रस्ताव हुन सक्ने तर, त्यसबाट तलव भत्ताका मात्र खुवाउने सकिने भएका कारणले विकास खर्च बढाउनका लागि अध्यादेशमार्फत बजेट ल्याएको मन्त्री शर्माको दाबी छ ।
एमाले कानुनी प्रक्रियामा जाने
प्रदेशसभा पास हुनु पर्ने बजेट अध्यादेशमार्फत ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कानुनी प्रक्रियामा जाने बताएको छ । वतर्मान सरकार संबैधानिक रुपमा गठन नभएको यसले अध्यादेशमार्फत बजेट ल्याउन कुनै संबैधानिक अधिकार नभएकाले कानुनी प्रक्रियामा जाने बताएको हो ।
संसद हुँदाहुँदै अध्यादेशमार्फत बजेट ल्याएकाले कानुनी प्रक्रियामा जाने एमाले कर्णाली प्रदेशसभाका सचेतक गुलावजंग शाहले बताए । ‘वर्तमान सरकारको बजेट ल्याउने कुनै हैसियत छैन् ।’ उनले भने,‘गलत प्रत्रियाबाट बजेट आएकाले कानुनी प्रक्रियामा जान्छौं ।’