६ आश्विन २०८०, शनिबार

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय



१८ भाद्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । आज बसेको बैठकले राष्ट्रिय सभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटका लागि गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिएका छन् ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद रहेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री समयावधी यहि भदौ २० गते सकिँदै छ । अर्थमन्त्री डा. खतिवडाको समायावधी सकिय पछि अर्थमन्त्रीका विषयमा के निर्णय हुन्छ हेर्न बाँकी नै छ । आजको बैठकमा पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडाबारे केही नबोलेको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको नेकपाका प्रचार विभाग उप–प्रमुख सूर्य थापाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको