१९ जेष्ठ २०८०, शुक्रबार

नेपाल पक्षले बनायो तपेन्द्रजंगको नेतृत्वमा ‘अखिल फोर्स’



१ श्रावण, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार तेपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो ।

अनेरास्ववियुका सह–अध्यक्ष ओसिम आलमले बिहीबार केन्द्रीय सचिव तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । आलमले भने, ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं ।’

ओली पक्षले युथ फोर्सलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरेका नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ,’ पराजुलीले भने । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरूमा गठन गरिने उनले बताए ।

उक्त कार्यक्रममा अनेरास्ववियुका महासचिव आरती लामा, उपाध्यक्षहरू हिरेन्द्र शाही, सुदिप शर्मा, माधव पन्त, केशरी रेग्मीलगायतले सम्वोधन गरेका थिए । ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको