जाजरकोटको विकास कार्यक्रमहरू घुमेर हेर्दा

डा. दीपेन्द्र रोकाया
१ श्रावण २०७८, शुक्रबार
वि. सं. २०७७ फागुन २१ गते हामीहरू जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा पुगेका थियौं । प्रदेशका कार्यालयहरूलाई जिल्ला समन्वय कार्यालयमा बोलाएर प्रदेशबाट जाजरकोट जिल्लामा कार्यान्वयन भएका योजना र तिनको प्रगति बारे जानकारी लियौं । त्यसपछि आयोगका सदस्य योगेन्द्रबहादुर शाही र मेरो नेतृत्वमा विषयगत अनुगमन समूह निर्माण गरी भ्रमण तय गर्यौ । हामीसँग सम्बन्धित मन्त्रालय¸ जिल्ला कार्यालयका प्रतिनिधिका साथै जाजरकोट जिल्ला क्षेत्र नं. १ का प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह पनि हुनुहुन्थ्यो । यसले गर्दा हामीहरुलाई स्थानीय कुरा बुझ्न सहज भयो । समग्रमा यस भ्रमणको नेतृत्व उपाध्यक्ष डा. सर्वराज खड्काले गर्नु भएको थियो ।
मैले नेतृत्व गरेको समूहले डिभिजन वन कार्यालय परिसरमा रहेको नर्सरीको अवलोकनबाट आफ्नो अनुगमन कार्य शुरु गरेको थियो । अमला¸ टिमुर¸ धुपीसल्ला¸ खयर¸ कल्की फूल¸ बाँझ¸ सिसौ¸ रिठा¸ लब्सी र बाँसका ६० हजार विरुवा उमार्न व्याड राखेको जानकारी पायौ । त्यसमध्ये बाँसको बिउ उम्रेनछ । यसरी उमारिएका विरुवा समुदायले माग गरेको आधारमा लगाउँदा २५ प्रतिशत मात्र बाँचेको अनुभव सम्बन्धित निकायबाट सुन्नमा आयो । यसबारे सम्बन्धित निकायले विरुवा उमार्नेदेखि हुर्काउनेसम्मको कार्यविधिमा सुधार ल्याउन पर्ने देखियो ।
खलङ्गाबाट झरेर रावत गाउँको खहरे पाखामा पुग्दा ७० हजार लिटर पानी जम्मा हुने ट्याङ्की बनेको देखियो । यसबाट १७३ घरधुरीलाई आगामी २० वर्षसम्म एक घर–एक धारा पुर्याउन लागिएको रहेछ । त्यहाँ खानेपानीका साथै सिँचाइले रावत गाउँ आसपासको फाँटमा सिँचाइ भएको देखियो । सल्लेरीभित्र सानो पिकनिक स्थल बनाइएको रहेछ । यसमा पिकनिक खान खलङ्गाबाट समेत आउन थालेको सुनियो ।
हामी त्रिवेणी मावि रिम्ना हेर्यौ । यहाँ १४ वटा घट्ट भेरी नदी किनारमा हिउँदको छ महिनाका लागि बनाइएको रहेछ । एक मिटर ओरालोमा पनि पानी घट्ट चलेको पाइयो । यो जम्मै मिठो खानाको लागि रहेछ । घेत्मा खोला पुग्दा पुलको काम सम्पन्न भइसकेको र यहाँ आउने जाने स्लोप बनाउन बाँकी थियो । ज्वाला साना किसान कृषि सहकारी संस्था लि. डाँडागाँउका अध्यक्ष चन्द्रा थापाले वार्षिक पच्चिस सय लिटर मह सङ्कलन गरी मेसिनबाट सुद्ध बनाएर बेच्ने गरेको जानकारी दिनुभयो । यस्तै पन्चासे बहुउद्देशीय सहकारी संस्था लि। कालिमाटीका प्रवन्धक किशोर रावतले दुग्ध चिस्यान केन्द्र भवन बनाई मेसिन राखेको देखाउनुभयो । यी दुबै सहकारीले राखेका मेसिन थ्री फेजको विद्युत विना चल्न नसक्ने अवस्थामा रहेको पाइयो । पन्चासेमा जडिबुटी संकलन गर्ने पनि भनिएको सुनियो ।
विगतमा बाँदर हिड्ने बाटामा मोटर हिड्ने सडक बनी सकेका छन् । म २०६२ असोज ५ गतेदेखि ७ गतेसम्म हिडेका बाटाहरु एकैदिन लगाएर बारेकोट गाउँपालिकाको कार्यालयमा पुग्यौ । गाउँपालिकाले लालीगुराँसको मालाले स्वागत गर्यो । मैकाका रोटी तथा सिस्नाको फाँरोले पेट पुजा भयो । अध्यक्ष महेन्द्रबहादुर शाहले पालिकाको तर्फबाट प्रदेश सरकारलाई माग पत्र दिनुभयो । त्यहाँबाट हामी सिधै भगवती मावि जिरी पुग्यौ । कार्यक्रममा जनयुद्धका बेला गाइने जनवादी गीत बजिरहेको थियो । वडा अध्यक्ष सिर्जना बस्नेतले वडा कार्यालयको प्रतिज्ञा¸ सम्पन्न गरेका काम र केही माग लिखित रुपमै बाचन गर्नुभयो । गोधुली साँझको त्यो कार्यक्रमले मलाई थप भावुक बनायो ।
रात परेपनि हामी शिल्पाचौर पुग्यौ । शिल्पाचौरले चाखुर्याबाट ल्याएको चिसो हिउँको स्वाद चखाएर स्वागत गर्यो । विहान उठेर हेर्दा घर्तीवाडाका ८३ घर र पुनवाडाका ५५ घर तथा सिंहचौरका १५ घर भएको क्षेत्र पर्यटकीय गाउँको रुपमा देख्न पायौ । यो हिमाली सानो उपत्यकामा मगर समुदाय (राम्जाली बुढा¸ मस्ताली थापा¸ हिउजाली घर्ती¸ ओलङ्गे पुन¸ कुलुङ्गे पुन¸ तर्वाङ्गे थापा¸ राँगो बुढा¸ राम्जाली पुन) मिलेर बसेका रहेछन् । घरको भू–बनोट एकै प्रकारका छन् । यहाँ वर्षा मकै¸ गहुँ¸ धान¸ सिमी र हिउँदमा गहुँ¸ जौ¸ तोरी र आलु उत्पादन हुन्छ । यहाँका जनसमुदायले आलु¸ मकै र गहुँ बेचेर आफ्ना आवश्यकता पुरा गरिरहेका छन् । उनीहरुले अब के गर्दा आफ्नो गाउँको विकास हुन सक्छ भनी चासो राखेको पायौ । हामीले होम स्टेको व्यवस्था¸ हार्दिकता तथा साँस्कृतिक पहिचानलाई स्थापित गर्ने र यहाँको स्थानीय उत्पादनको निर्यात बढाउने बारेमा आवश्यक सुझाव दियौं ।
हामी फर्कदै गर्दा रानीचौरको कस्तुरी पालन हुने क्षेत्र सडकबाट मुण्टो उठाएर लेकतिर हेर्यौ। यहाँ भेटिएका भविलाल जैसीले आफुले कहिल्यै कस्तुरी नदेखेको तर यहाँ कस्तुरी पालनको कुरा आएको जानकारी दिनुभयो । भीडमा कसैले यो पनि भन्यो कि यो कार्यक्रम हुम्ला वा मुगुमा गर्ने भनिएको रहेछ ।
यहाँबाट हिँड्दा रामीडाँडाको कालिका आदर्श मावि पसेका थियौ । बाह्र कोट भएको क्षेत्रले स्थापित बारेकोटमा पुग्दा छुट्टै आनन्द आएको थियो । यसमा वीरेन्द्र मावि देउल लिम्सा पुग्दा उही २०६२ असोज ७ गतेको सम्झना आयो । त्यो बेलाको सम्झना मैले आन्दोलनको हिसाव शिर्षकमा नाफाको जिन्दगी पृष्ठ २११–२१३ मा लेखेको छु । यस विद्यालयलाई प्रदेशको ५० लाखले छ कोठे भवन निर्माण भएको रहेछ । यसको उद्घाटन आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काबाट भयो । हामी फर्कदै गर्दा रानीचौरको कस्तुरी पालन हुने क्षेत्र सडकबाट मुण्टो उठाएर लेकतिर हेर्यौ। यहाँ भेटिएका भविलाल जैसीले आफुले कहिल्यै कस्तुरी नदेखेको तर यहाँ कस्तुरी पालनको कुरा आएको जानकारी दिनुभयो । भीडमा कसैले यो पनि भन्यो कि यो कार्यक्रम हुम्ला वा मुगुमा गर्ने भनिएको रहेछ ।
त्यसपछि हामी जुनी मावि सिर्के पुग्यौ । प्रधानाध्यापक धनबहादुर विष्ट लगायत शिक्षक र विद्यार्थीले स्वागत गर्नुभयो । उपाध्यक्षले यस विद्यालयको जगमा पुजा गरेर शिलान्यास गर्नुभयो । वास्तवमा यो विद्यालय जनयुद्धको समयमा स्थापित भएको हो र शान्ति प्रक्रियामा स्वीकृत भएको हो । उतिवेला मैले यो विद्यालयको विवरण ऐरालोले बनायो बैरालो शिर्षकमा नाफाको जिन्दगी पृष्ठ २०९–२११ मा उल्लेख गरेको छु । तर शुरुमा स्थापित ठाउँमा निजी विद्यालय सञ्चालनमा ल्याइएको रहेछ । मैले डाँडामा बसेर यी दुबै विद्यालयलाई नियालेँ । जनयुद्ध कालमा यसै विद्यालयका शिक्षक तथा माओवादीका जिल्ला नेता सुरेन्द्र चन्दले फोटो खिचौ सर भनेपछि झल्याँस्स भएँ । पत्रकार हेमन्त बस्नेतले क्लिक्क गरी हाल्नुभयो ।
भानुभक्त मावि लहाको बारेमा जानकारी लियौ । शान्ति मन्त्रालयले शुरु गराएको पुस्तकालय भवनको जग हाल्न उठाएको पिलर ठिङ्ग उभिएको छ¸ पुरा गर्ने कोही छैनन् ।
कालिमाटी–थालचौर–नेटीलेक सडक खनीरहेको भू–क्षेत्रको अवलोकन गर्यौ । भानुभक्त मावि लहाको बारेमा जानकारी लियौ । शान्ति मन्त्रालयले शुरु गराएको पुस्तकालय भवनको जग हाल्न उठाएको पिलर ठिङ्ग उभिएको छ¸ पुरा गर्ने कोही छैनन् । प्रधानाध्यापक भक्तबहादुर वलीले आफ्ना माग राख्नुभयो । यो क्षेत्रमा पानीको अभाव रहेछ । यसबारे समन्धित कार्यालयको ध्यानाकर्षण गराउँदै थिएँ¸ प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले भन्नुभयो¸ यो जिल्ला समन्वय प्रमुख र नलगाड नगर प्रमुखसँग बसेर कुरा हुन्छ भनेपछि विषय सह–लगानीमा केन्द्रित भयो ।
जब हामी खलङ्गाबाट पाँचकाटिया पुग्यौँ । पाँचकाटियाको डाँडोमा खानेपानीको अभाव रहेछ । दुर्इ पालिकाबीच उपभोक्ता समितिमा बस्ने र बजेटसँग सौदा गरिरहेका उपभोक्ताहरु देखा परे । उनीहरुको कुरो बुझेर सहजीकरण गर्यौ । यहाँ मनग्य आलुको उत्पादन हुँदो रहेछ । दाँते ओखर लगाउने कार्य बढिरहेको जानकारी प्राप्त भयो । यस्तै डाम्दला पुग्दा यहाँको जिउलोमा सिँचाइ गर्न एक लाख १० हजार लिटर पानी जम्मा हुने ट्याङ्की बनेको देख्यौ । यसले उत्पादनमा सघाउने अपेक्षा गरिएको छ । गाउँमा सुन्तला मनग्ये फल्ने रहेछ । राष्ट्रिय सेलार बनाइदै रहेछ । यसको उपयोगिताबारे विचार गर्नपर्ने देखियो । यसका साथै यहाँ प्रदेशको अनुदानमा शुरु भएको कालिज फर्म आकर्षक पर्यटकीय गन्तव्य बनेको पाइयो ।
निर्माणकर्ताहरुका अनुसार अब १५ किलोमिटर सडक खनेको खण्डमा जुम्ला जोडिनेछ । कुसे गाउँपालिका वडा नं। ८ का अध्यक्ष अमरबहादुर रोकायाले यस सडक निर्माणले सहज हुने र यसका साथै अरु सहयोगको अपेक्षा गरेको बताउनुभयो । भ्रमण दलबाट आयोगका उपाध्यक्ष¸ जाजरकोट र जुम्लाका प्रदेश सभा सदस्यद्धय गणेशप्रसाद सिंह र पदम रोकायाले आफ्ना भनाई राख्नुभयो । सबैको निष्कर्ष थियो¸ अब यो क्षेत्र विकट रहेन ।
हामी छेडा–कुसे–टोप्ला जुम्ला जोड्ने सडकको स्थलगत रुपमा हेर्न चाहन्थ्यौ । त्यसैले कुसेको भित्तासम्मै पुग्यौ । निर्माणकर्ताहरुका अनुसार अब १५ किलोमिटर सडक खनेको खण्डमा जुम्ला जोडिनेछ । कुसे गाउँपालिका वडा नं। ८ का अध्यक्ष अमरबहादुर रोकायाले यस सडक निर्माणले सहज हुने र यसका साथै अरु सहयोगको अपेक्षा गरेको बताउनुभयो । भ्रमण दलबाट आयोगका उपाध्यक्ष¸ जाजरकोट र जुम्लाका प्रदेश सभा सदस्यद्धय गणेशप्रसाद सिंह र पदम रोकायाले आफ्ना भनाई राख्नुभयो । सबैको निष्कर्ष थियो¸ अब यो क्षेत्र विकट रहेन ।
हामी जगतिपुरमा पुग्दा यहाँको वायु घट्टको अवशेष सुरक्षित गरिएको पायौ । यहाँ अमक्ति लेखिएको स्तम्भ देख्यौ । इलाका प्रहरी कार्यालय बनाउनलाई शुरु गरिएको अधुरो भवन हेर्यौ । यसैमुनी जगतिपुर महाराजको दरवार बनाइने ठाउँ टेकियो । यसबारे सम्बन्धित कार्यालयसँग छलफल गरी पुरातात्विक महत्वका आधारमा कार्य अगाडि बढाउन आवश्यक देखियो । यहाँ १५० घरधुरीको लागि खानेपानी निर्माण भएको रहेछ । यसले सबैलाई राहत मिलेको अनुभूति सुन्न पायौ ।
त्यसपछि हामी कट्टी गाउँ गयौ । यहाँ रामबहादुर विक लगायत दुई दर्जन स्थानीयबासीसँग भेट भयो । केही समयअघि कट्टी गाउँ पुरै ऋणले डुब्यो भनी मुक्त हलियाको कार्यक्रममा उठेको आवाजलाई नजिकबाट बुझ्ने कोशिस गरेँ । यहाँ २०० घरधुरी दलित रहेछन् । तर बाहिर हल्ला भएजस्तो नभएको तर तिनका लागि जिविकोपार्जन तथा शिक्षामा लगानी गर्नैपर्ने देखियो । यहाँ मध्यपहाडी सडकका कारण घरवारविहिन बनेका वीरवान विक भेटिए । उनलाई तत्काल वास व्यवस्थापनका लागि सोच्नपर्ने देखियो ।
दीपेन्द्र उमावि कालोभूरमा पुग्दा विद्यालय परिसर उत्साहमा भेटियो । हामीले यहाँको भौतिक अवस्था अवलोकन गर्यौ । कम्प्युटर कक्षा¸ विज्ञान प्रयोगशाला र बन्दै गरेको पुस्तकालय तथा समग्रमा बनेका विद्यालय भवनलाई नजिकबाट नियाल्यौ । अब मुख्यमन्त्री रोजगार कार्यक्रमबाट विद्यालय खेल मैदान बन्दैछ भन्ने पनि सुन्यौ ।
काँफलडाँडा लामाकाटिया बोरनेटा खानेपानी आयोजना स्थल हेर्न जाँदा २७० घरधुरीले पानी पाएको कुराले जति खुशी भएको थिएँ¸ त्यतिकै खुशी विद्यालय भवन बनेकोमा थिएँ । तर विद्यालय भवन बनेको ठाउँमा काइनाइट र कोइलाको खानी रहेछ ।
काँफलडाँडा लामाकाटिया बोरनेटा खानेपानी आयोजना स्थल हेर्न जाँदा २७० घरधुरीले पानी पाएको कुराले जति खुशी भएको थिएँ¸ त्यतिकै खुशी विद्यालय भवन बनेकोमा थिएँ । तर विद्यालय भवन बनेको ठाउँमा काइनाइट र कोइलाको खानी रहेछ । सो सम्बन्धमा चीन र भारतका विज्ञहरुले नेपालको खानी विभागसँग मिली अध्यायन गरिरहेको र खानी विभागको स्वीकृति नलिइ विद्यालय भवन ठड्याएको सुन्दा अलि खल्लो अनुभूति भयो ।
हामी भूरचौर पुग्दा ४२ वर्षअघि देखिको विकासे कथा सुन्न पाइयो । वि.सं. २०३५ सालमा भूरचौरमा सिँचाइका लागि सर्वे भएछ । २०४५ सालमा टेन्डर भएछ । २०४६ मा बहुदल आयो । पञ्चायतले शुरु गरेको आयोजना मण्डले नामाकरण भई गुमनाम भएछ । विगतमा यो योजना कागजमा सम्पन्न भएर मर्मतका लागि नियमित बजेट आउने र खर्च हुने क्रम चलेछ । संघीयता आएपछि २०७३ मा यो योजना शुरु गर्न खोज्दा खड्का कन्स्ट्रक्सन र मजदूर कन्ट्रक्सनले टेन्डरबाट ठेक्का पाएछन् । उनीहरुले लार्इनिङ्ग गरिरहेका छन् । यो आयोजना ११ किलोमिटर टाढाबाट पानी ल्याउन पर्ने भएकाले असम्भव मान्न थालिएको छ । प्राविधिकहरुका अनुसार यसमा भेरीबाट लिफ्टिङ गरेको खण्डमा मात्र राम्रो र सस्तो पर्ने बताइएको पाइन्छ ।
जब हामी भेरी नदी किनारको फाँटमा आयौ¸ १६ हेक्टर कृषियोग्य खेतहरु जोगाउन २७० मिटर लामो तटबन्ध लगाएको देख्यौ । जहाँ प्रदेश सरकारले गतवर्ष ४० लाख र यो वर्ष ७५ लाख विनियोजन गरी काम सम्पन्न भएको देखियो । नदी कटानबाट बचेको फाँटमा गहुँका बालाहरु झुलिरहेका देख्यौ ।
प्रदेश सरकारले केही गरेन भन्नेहरुले माथि उल्लेख गरेका कामहरु हेरे पुग्छ । जाजरकोटले कर्नालीका अरु सात जिल्लालाई छुन्छ । यसैले समय र अवस्थालाई ख्याल गरी यस वर्ष हामीले नमुना अनुगमन गर्यौ । समग्रमा अनुगमन मुल्याङ्कन नहुने हो भने आवश्यकता र प्राथमिकताका आधारमा निर्माण गरिएको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन हुने रहेनछ भन्ने अनुभव भयो । यसका लागि अख्तियारी¸ कार्य सम्पादन करार सम्झौता तथा कार्यविधिहरु स्पष्ट हुनु पर्दछ भन्ने पनि गहिरो गरी अनुभव भयो । राम्रो कामलाई धन्यवाद दियौ । नराम्रो वा नभएको कामलाई आवश्यक सुझाव दिदै गाँठो फुकाउने कार्य समेत गर्यौ ।
डा. रोकाया कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन् ।