३ कार्तिक २०७८, बुधबार

टेलिभिजनको पर्दाकी लोकप्रिय कलाकार सुरेखाको निधन




मुम्बई । राष्ट्रिय पुरस्कार विजेता सुरेखा सिक्रीको निधन भएको छ । ७५ वर्षको उमेरमा ह्रदयघातका कारण निधन हो । बलिउड हंगामाका अनुसार, सन् २०१८ मा पक्षघात र २०२० मा ब्रेन स्ट्रोक भएको थियो, जसपश्चात उनी अस्वस्थ थिइन् ।

कलाकारका म्यानेजरले एक विज्ञप्ति जारी गर्दै उनको निधन पुष्टि गरेको हो । “तीन पटकको राष्ट्रिय अवार्ड विजेता अभिनेत्री सुरेखा सिक्रीको ह्रदयघातका कारण आज विहान निधन भएको छ । ब्रेन स्ट्रोकका कारण उनी पछिल्लो केही समयदेखि अस्वस्थ थिइन्,” विज्ञप्तिमा भनिएको छ ।

थिएटरबाट करिअर सुरु गरेका उनले थुप्रै चलचित्रमा र टेलिश्रृङ्खलामा काम गरेकी छिन् । यद्यपि उनी टेलिभिजनको पर्दाका लोकप्रिय टेलिश्रृङखलाहरुमा दादीको रुपमा चर्चित छिन् । उनी ‘वालिका वधु’ नामक कलर्सबाट आउने टेलिश्रृङखलामा निकै लोकप्रिय छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको