२० जेष्ठ २०८०, शनिबार

भीम रावल प्रस्तावः एमाले अध्यक्ष ओलीद्वारा ठाडै अस्वीकार, बैठकबाट बाहिरियो नेपाल पक्ष




१ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू १५ मिनेट पनि नबसी फर्किएका छन् । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

एमाले विवाद समाधानका लागि बनेको कार्यदलका माधव पक्षिय सदस्यहरु स्थायी कमिटीबाट बाहिरिएका छन् ।

ललितपुरको च्यासलमा रहेको पुष्पलाल स्मृति भवनमा आयोजना गरिएको एमाले स्थायी कमिटीको बैठकलाई रोक्न कार्यदलको संयोजक डा.भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, डा.सुरेन्द्र पाण्डे र भीम आचार्य पुगेका थिए ।

तर, अध्यक्ष केपी शर्मा ओलीले सिधै इन्कार गरेका छन् । बैठक अघि बढाउन निर्देशन दिएका छन् । केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको