२० जेष्ठ २०८०, शनिबार

बालुवाटार सरे प्रधानमन्त्री देउवा




१ साउन, काठमाडौं । गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका शेरबहादुर देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका छन् ।

प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।

सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको