२० जेष्ठ २०८०, शनिबार

ओलम्पिकमार्फत् सिंगो खेलकुद जगत् र देशको प्रतिष्ठा बढाउन सफल हुनुहोस्ः पुरुषोत्तम पौडेल



३१ असार, काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष एवम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपालबाट ओलम्पिक खेलमा सहभागी हुने खेलाडीहरूलाई आफुले भाग लिएका खेल विधाहरुमा उत्कृष्ट प्रदर्शन गर्नुको साथै पदक हासील गरेर सिंगो खेलकुद जगत् तथा देशको प्रतिष्ठा र गौरब बढाउन सफलता मिलोस् भनी शुभकामना दिएका छन् । उनले टोकियो ओलम्पिकमा सहभागीता जनाउने सवै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, र टोलीमा सामेल सम्पूर्ण सदस्यहरुलाई नेपाल खेलकुद महासंघको तर्फवाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै ओलम्पिक खेलमा सहभागिता जनाउन पाउनु र पदक जीत्नु संसारका सवै खेलाडीहरुका लागि आफ्नो खेल जीवनको सवैभन्दा ठुलो सपना र गर्वको कुरा हुने बताएका छन् । मित्रराष्ट्र जापानमा हुन गइरहेको टोकियो ओलम्पिक–२०२० मा नेपालले विगतको तुलनामा व्यवस्थित र विशेष तयारीका साथ खेल, विधा र खेलाडी संख्या समेत तुलनात्मक रूपले वढाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

नेपालले पौडी, सुटिङ्ग, जुडो, र एथलेटिक्स सहितका खेलहरूमा वाईल्ड कार्डमार्फत् प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । यस ओलम्पिकमा नेपालको झण्डा बोकेर पौडीका गौरिका सिंह र एलेक्जेण्डर ग्याडिगाड शाह, सुटिङ्गका कल्पना परियार, जुडोका सोनिया भट्ट, र एथ्लेटिक्सका सरस्वती चौधरी जस्ता होनहार र नेपालका उत्कृष्ट आशालाग्दा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

ओलम्पिक खेल कोरोना माहामारीका कारण उत्पन्न विशेष परिस्थितिको कारणले निर्धारित समय भन्दा एक वर्ष ढिलो गरी जापानमा विश्व खेलकुद महामेला सुरू हुँदैछ । यो गृषमकालीन ओलम्पिक खेलकुद प्रतियोगिता २०२१ जुलाई २३ देखि अगस्त ८ सम्म जापानको राजधानी टोकियोमा सञ्चालन हुन गइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको