१४ जेष्ठ २०८०, आईतवार

राष्ट्रपतिले राजनीतिक नैतिकता देखाई राजिनामा दिन पदिय गरिमाका निम्ति उचित हुन्छः प्रचण्ड



३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले संविधानभन्दा माथि कोहि पनि नभएको भनी शक्तिशाली सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना विपरित काम गरेको भनेर ठोकुवा गरिदिएको सन्दर्भमा उहाँले राजनीतिक नैतिकता र राष्ट्रप्रति जिम्मेवार भई सर्लक्क छोडिदिनु उचित हुने बताएका छन् । उनले राष्ट्रपतिलाई महाभियोग लगाउने वातावरण बन्न दिनुभन्दा पहिला नै मार्गप्रशस्त गरिदिए पदिय गरिमाका निम्ति र उहाँकै भविष्यका निम्ति पनि राम्रो हुने धारणा राखेका छन् ।

प्रचण्डले प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को अन्तवार्तामा भनेका छन्, ‘यस बीचमा राष्ट्रपतिजीले आफूलाई देशको राष्ट्रपतिको रूपमा स्थापित गर्ने, संविधानको संरक्षकको भूमिका खेल्ने, लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने भूमिका खेलेको भए उहाँलाई एउटा महिला फेरी कमरेड मदन भण्डारीको जीवनसँगिनी हुनुको नाताले ठुलो अवसर थियो । अरु पार्टीभित्र जे जे भएपनि राष्ट्रपतिको रूपमा तपाईँ सफल हुनुहोस् भन्ने चाहना व्यक्त गरेको थिए ।’

अन्तवार्तामा प्रचण्डले भने, ‘पछिल्ला उहाँका गतिविधिहरू देशको राष्ट्रपति होइन केपीजीको कारिन्दाजस्तो मात्रै भएर प्रस्तुत भइदिनु दुभाग्र्यपूर्ण कुरा हो । उहाँले संविधान मिचिँदा र प्रहार हुँदा रक्षक भएर उभिएको भए कति हाई हाई हुन्थ्यो होला, एउटा महान महिला भन्ने हुन्थ्यो । त्यो अवसर उहाँले गुमाउनु भयो । उहाँले त मध्यरातमा सबै अवैधानिक कामहरूलाई म राष्ट्रपति मैले जे गरे पनि हुन्छ भने झैं प्रमाणित गर्दै जानुभयो । यो बडो दुःख कुरा हो, मलाई पिंडावोध पनि हुन्छ । उहाँजस्तो महिला कसरी यस्तो भयो भन्ने पनि पर्छ । अँझ साना साना कुरालाई पनि जनताले नजिकबाट हेरिरहेका हुन्छन् । प्रधानमन्त्री र राष्ट्रपतिको व्यवहार एउटा पार्टीको नेता र कार्यकर्ता जस्तो भएर त देश र पद्धति त चल्दैन ।’

राष्ट्रपतिले जसरी संविधान, लोकतन्त्र र राष्ट्रको हितप्रति लापरवाही गर्नुभयो त्यसले गर्दा सहज ढंगले काम गर्ने वातावरण बन्छ भन्ने आफूलाई नलागेको प्रचण्डले बताए । उनले महाभियोग लगाउने वा नलगाउने भन्ने कुरा संसदभित्र छलफल हुन्छ, पार्टीहरूभित्र छलफल हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको