१९ जेष्ठ २०८०, शुक्रबार

चोर बाटोबाट बजेट ल्याउनु गलतः एमाले संसदीय दल




३१, असार, सुर्खेत ।
नेकपा (एमाले) संसदीय दलले चोर बाटोबाट बजेट ल्याउन कर्णाली प्रदेश सरकारले गलत बाटो भएको बताएको छ । बिहिबार एमाले कर्णाली प्रदेश संसदीय दलले एक विज्ञप्ती जारी गर्दै संसदलाई स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउनु चोर बाटो भएको बताएको हो ।

एमालेले पेश्की बजेट ल्याउनका लागि ढोका खुला गर्ने बताएको भए पनि सरकारले अध्यादेशको बाटो रोजेको संसदीय दलका नेता यामलाल कँडेलले बताए । ‘चोर बाटो रोज्ने सरकारलाई उपचारको बाटो खोजिने छ ।’ उनले भने,‘अध्यादेशमार्फत बजेट ल्याउन चोर बाटो रोजेको छ ।’

एमालेलाई संसद अवरोध गरेको अपजस दिएर अध्यादेशबाट बजेट ल्याउनु गलत कार्य भएको विज्ञप्तिमा सरकार स्पष्ट रुपमा अल्पमतमा परिसकेको नेता कँडेलले बताए । ‘फ्लोर क्रस गरेपछि पार्टीको कारबाहीमा परेको सांसदहरूलाई सर्वोच्चले पुनर्बहालीको फैसला गरेसँगै कर्णाली प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।’ उनले भने,‘प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउनु असंवैधानिक कदम हो ।’

कर्णाली प्रदेश सरकारले आज अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा बुधबार रातिदेखि प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको