गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षको निधन
३१ असार, गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ ।
ब्लड क्यान्सरबाट पीडित अध्यक्ष थापाको ७४ वर्षको उमेरमा बिहीबार बिहान उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले जानकारी दिइन् ।
थापा १० दिनदेखि अस्पतालमा उपचाररत थिए । अध्यक्ष थापाका चार छोरा छन् ।