२० जेष्ठ २०८०, शनिबार

प्रचण्ड, नेपाल र विप्लवकाे नेपाल निवासमा जम्काभेट




३१, असार, काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा विप्लवसहित स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।

नेपाल र विप्लवका बीच भेटबार्ता भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक्कासी त्यहाँ पुगेका थिए । दुई नेताहरुबीच भइरहेको छलफलमा एक्कासी प्रचण्ड आउँदा चारै नेताले फोटो खिचाउनुका साथै समसामयिक विषयमा छलफल गरेका थिए ।

नेपाल, विप्लव र बास्तोलाबीच छलफलकै बीचमा प्रचण्ड पुगेपछि थोरै समय चार नेताबीच अलग्गै भेट भएको र बिप्लव बाहिरिएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । विप्लव बाहिरिएपछि नेपाल र प्रचण्डबीच भेटवार्ता भएको उनले बताए ।

यसअघि बुधबार साँझ यी दुई नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको