२० जेष्ठ २०८०, शनिबार

प्रचण्डलाई भेटेको भोलीपल्ट बिहानै विप्लवले किन माधव नेपाललाई भेटे



३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बुधबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको भोलीपल्ट आज(बिहिबार) बिहानै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेतासँग उनकै निवासमा भेटवार्ता गरेका छन् ।

महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको