२१ जेष्ठ २०८०, आईतवार

रातको १२ बजे कर्णाली प्रदेश प्रमुख कलौंनीद्वारा प्रदेश सभाको चालु अधिवेशनको अन्त्य



३१ असार, काठमाडौं । कर्णाली प्रदेश प्रमुख गोविन्द कलौंनीद्वारा बुधबार राती १२ बजे प्रदेश सभाको चालु आठौं अधिवेशनको अन्त्य गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख कलौंनीबाट चालु अधिवेशनको अन्त्य गरिएको बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्ति बमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयबाट बुधबार नै पत्रचार गरी कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस भएकाले कलौंनीद्वारा अधिवेशन अन्त्य गरिएको हो ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सचिव ठाकुर प्रसाद सिग्देलद्वारा प्रेस विज्ञप्ति जारी गरी यो कुरा बताइएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको