भोली साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा
३१, असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका १० जिल्लामा साउने १ गते सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते साउने संक्रान्ति र देउडा पर्वको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा हुने बताए । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते ९शुक्रबार० बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।