६ आश्विन २०७८, बुधबार

बजेट पास नहुँदै कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य




३१, असार, सुर्खेत । कर्णाली प्रदेशसभाको वर्षे (बजेट तथा नीति कार्यक्रम) अधिवेशनको अन्त्य गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधवार राती वर्षे अधिवेशन अन्त्य गरिएको हो ।
असार १ गते बजेट ल्याएको कर्णाली प्रदेश सरकारले बजेट पास नहुँदै सार ३० गते राती १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको छ ।
बजेटमाथि छलफल गर्न बस्ने गरेका प्रदेशसभाका १८ वटा बैठक एमालेले अबरुद्ध पारेपछि अधिवेशनको अन्त्य गरिएको छ । अधिवेशनको अन्त्य भएसँगै कर्णाली प्रदेशसभाको बजेट पनि अन्यौलमा परेको ।
कर्णाली प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश वा पेश्की बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको