ओलीको बालकोट निवासको बार्दलीबाट घोषणा, ‘माधव नेपाललाई एमालेमा ठाउँ छैन’
३० असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि एमालेमा रहने सवै ढोका बन्द भएको घोषणा गरेका छन् ।
सर्वोच्चको परमादेशबाट सरकारबाट बाहिरिनु परेपछि आज बालुवाटारबाट बालकोट पुगेर आफ्ना स्वागतमा आएका कार्यकर्तामाझ ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘हाम्रो साथीहरु बिकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती बिकाउ मालहरुको भविश्यले निर्धारुण गर्ला ।
एमालेका अन्य नेताको हकमा सँगसँगै पार्टीमा काम गर्ने वातावरण रहने भन्दै माधव नेपाललाई भने कुनै ठाउँ बाँकी नरहेको बताए ।
उनले भने, ‘अरु साथीहरुको हकमा पार्टीमा काम सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’
अध्यक्ष ओलीले यसो भनिरहँदा कार्यकर्ताले माधवलाई एमालेमा ल्याउन ‘हुन्न–हुन्न–हुन्न’ भन्दै नारा घन्काए ।