२३ जेष्ठ २०८०, मंगलवार

यी छन्, देउवा सरकारको प्राथमिकता




३० असार, काठमाडौं । नवनियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ ।

मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने बताए ।

त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याइने उनले बताए ।

‘विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ(संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ,’ उनले भने ।

मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिए ।

त्यसअघि नवनियुक्त प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए। राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै उनी सिंहदरबार पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको