२० जेष्ठ २०८०, शनिबार

ओली बालकोट पुग्दा माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे भनेर नारा लाग्यो




३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एंवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर आज निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट फर्किदा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फाँसी दे भने उनका समर्थकले नारा लगाएका छन् । ओलीलाई बुधबार दिउँसो नेकपा एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका नेता तथा कार्यकर्ताले बाजागाजासहित र्‍याली र प्रदर्शन गरेर बालकोट पुर्‍याउँदा यो नारा लागेको हो ।

बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल र एमालेका वरिष्ठ नेता नेपालविरूद्ध नारावाजी गरेका थिए।

उनीहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए । अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए ।

पानीमा भिज्दै एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई बालकोटमा स्वागत गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा–जुलुस गरिएको थियो ।

‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको