मध्यपहाडी राजमार्गको अछाम सडक अवरुद्ध
३० असार, सुर्खेत । मध्यपहाडी राजमार्गको अछाम सडकखण्डमा पहिरोले अबरुद्ध भएको छ । कमलबजार नगरपालिका–१ कीर्तिपुरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो
मंगलबार दिउँसो तीन बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले बताए । ‘पानीले पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।’ उनले भने,‘पहिरो हटाउने काम भइरहेको छ ।’
पहिरोले राजमार्ग अबरुद्ध सुदुरपश्चिबाट कर्णाली आउने यात्रु, सवारी साधन तथा मालबाहक ट्रक बीचैमा रोकिएको स्थानीय कमल शाहीले बताए । ‘मध्यपहाडी राजमार्गको यो सडकखण्डले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश जोड्ने काम गरेको छ ।’ उनले भने,‘पहिरोले दुई प्रदेश सम्पर्क टुटेको छ ।’
अबरुद्ध राजमार्ग खुलाउन अहिले त्यहाँ डोजरको प्रयोग भइरहेको शाहीले बताए ।