बढ्दो शहरीकरण कारणले फोहोर बढ्दै
३० असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बढ्दो शहरीकरणका कारणले फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । शहरीकरण बढ्दै जाँदा फोहोर व्यवस्थापन चुनौती पूर्ण रहेको हो ।
मंगलबार वीरेन्द्रनगर नगरपालिका, युनडिपीको साझेदारी र अन्तरनिर्भर सामाज सुर्खेतको सहजीकरणमा संचालित हरित पुर्नस्थापना प्रर्बधन परियोजनाको व्यवस्थापन समितिको बैठकमा उक्त परियोजनाको अभिमुखीकरण गर्ने क्रममा सहभागीहरुले वीरेन्द्रनगरमा बढ्दो शहरीकरणका कारणले फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका हुन् ।
बजार क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कर्मचारी राखेको भएपनि समय सबै क्षेत्रमा पुग्न नसक्दा समस्या हुने गरेको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । उनले हरित पुर्नस्थापना प्रर्बद्धन परियोजना लागु भए पछि बजारमा देखिने अव्यवस्थीत फोहर व्यवस्थापन भई नगरबाट निस्कने फोहरमा कमि हुने बताए ।
फोहोर व्यवस्थापनका ढल निकास, फोहोर संकलन र व्यवस्थापन अहिले चुनौती पूर्ण रहेको नगर प्रमुख सुवेदीले बताए ।
संचालन हुन गैरहेको परियोजनाले ४० जना फोहर संकलनका लागि स्वयंसेवक र बजार क्षेत्रको फोहरलाई व्यवस्थानमा सहयोग पुर्याउनका लागि १० जना ग्रीन स्वयंसेवक राख्न थालिएको छ । फोहोर व्यवस्थापनलाई आयआर्जनसँग जोड्नु पर्ने सहरी फोहोरमैला युनडिपीमा कार्यरत हरित पुर्नस्थापना प्रर्बधन परियोजनाका ब्यवस्थापन विज्ञ सन्तोषदास श्रेष्ठले बताए । ‘हामीले नगरपालिकाको साझेदारीमा फोहोर व्यवस्थापनका लागि निश्चित समयका लागि केही स्वयंसेवक राख्न चाहन्छौं ।’ उनले भने,‘जसले फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक काम गरोस ।’
त्यस्तै युनएनडीपिले नगरपालिकामा फोहोर व्यवस्थापनका लागि प्रसोधन केन्द्र समेत बनाउन सहयोग गर्ने जानकारी गराए । फोहोर लाई मोहोर बनाउने हेतुले नगरपालिकामा कोभिड १९ बाट प्रभाबित र सिमान्तकृत वर्गलाई लक्षीत गरी ३०० जना भन्दा बढिलाई यस हरित पुर्नस्थापनन प्रर्बद्धन परियोजनाबाट हरित रोजगारी सृजना गरिने उनले जानकारी गराए ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकासँग मिलेर काम गर्ने त्यसले वीरेन्द्रनगरलाई सुन्दर शहरका रुपमा विकास गर्न आवश्यक रहेको अन्तरनिर्भर समाजका प्रमुख विवेककुमार शाहीले बताए ।
फोहोर व्यवस्थापनका लागि नगरपालिकाले सफा टोल, हरित पार्क, जस्ता काम अगाडी बढाउन सकिने युनडिपी फिल्ड कार्यालय कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले जानकारी दिए ।
बर्गीकृत फोहर मध्ये अग्र्यानिक फोहरबाट कम्पोष्ट मल, प्लाष्टिक जन्य फोहरबाट हस्तकलाका सामग्री तथा अन्य प्रकृतिका फोहरलाई तीन आरको अवधारणा अनुसार व्यवस्थापन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।