३१ आश्विन २०७८, आईतवार

कर्णालीमा कोरोनाबाट मृत्यु भएका १३२ जनाका परिवार १ लाखका दरले पाए राहत



३० असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाका १३२ परिवारलाई राहत दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रति परिवार १ लाखका दरले राहत उपलब्ध गराएको हो ।

कर्णाली प्रदेशमा कोरोनाबाट ३४२ जनाको मृत्यु भएको र पहिलो चरणमा १ सय ३२ जनालाई राहत रकम वितरण गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालीकोटका गरि १३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केहि दिनमा नै राहत उपलब्ध् गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले बताइन् ।

मन्त्री नेपालीले भनिन्, ‘कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । हालसम्म ३ सय ४२ जनाका परिवारले क्षतिपुर्तीको माग सहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् ।’

पिसिआर परिक्षणबाट कोरोना पुष्टी भएको पत्र, हकवालाको नाता प्रमाणीत, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी, रकम दावीकर्ताको नागरिकताको प्रतिलिपिको आधारमा मन्त्रालयले राहत रकम उपलब्ध गराएको आन्तरिक मामिला तथा कानुन मनत्रालयले जनाएको छ । कोरोना पुष्टी भएकामध्ये भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने मन्त्री नेपाली बताइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको