२३ फाल्गुन २०७७, आईतवार

बागलुङमा मध्यराति बाढी पहिरो : १० को मृत्यु, ४१ बेपत्ता



१८ भाद्र, काठमाडौं । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा मध्यराति आएको बाढि पहिरोमा परी १० जनाको मृत्यु भएको छ । भूजी खोला बुधबार राति वस्तीमा पस्दा ४१ जना बेपत्ता भएका छन् ।

नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय वस्तीमा राति १२ बजे खोला पसेर बेपत्ता भएका मध्ये १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने देखिन्छ ।

घटनास्थलमा फेला परेका शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए । पहिरोसहित आएको बाढिले ३१ घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखी बेपत्ताहरूको खोजि गरिरहेको छ । प्रहरीका अनुसार बाढीमा परि ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ढोरपाटन नगरपालिका वडा नम्बर ४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीय सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीय बेलमती पुन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु