२० जेष्ठ २०८०, शनिबार

एकातिर चट्टानी पहाडसँग र अर्कातिर मानविय चेतनाको चट्टानसँग लड्नु पर्ने वाध्यता छः लक्ष्मण बम



कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटको पनि अति दुर्गम पलाँता गाउँपालिकाको विकास, निर्माण , शिक्षा, स्वास्थ्य, कोरोना महामारीको प्रभाव र नियन्त्रण सम्बन्धमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमसँग रारापाटी डटकमले गरेको अन्तरवार्ताः

तपाईँको गाउँपालिकामा विकास निर्माणका कामहरू कसरी अगि बढिरहेका छन् ?
हामीले विकास निर्माणका कामहरू अगाडि बढाउने सन्दर्भमा निर्वाचित भइसके पछि पहिलो वर्षमै १० वर्षे गुरु योजना बनाएका थियौं । गुरु योजनामा टेकेर विकास निर्माणका कामहरू निरन्तर अगाडि बढाइरहेका छौं ।

पलाँता गाउँपालिकामा कोरोना महामारीको प्रभाव कस्तो रहेको छ ? यसको नियन्त्रणका लागि गाउँपालिकाले के–कस्ता कामहरू गरिरहनु भएको छ ?
कोरोना महामारीको प्रभाव परिरहेकै छ । अहिले पनि कोरोना पोजेटिभका केसहरू १०–१२ वटा रहेका छन् । अहिलेसम्म हाम्रो गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६७ पुगेको छ । हामीले नियन्त्रणका लागि कोरानासँग मेल खाने सामान्य संकेतहरू देखिना वित्तिकै घरमा गएर चेक गरी उनीहरूलाई आइशोलेसनमा ल्याएर राख्ने र १० दिन बसालेर सुधार भइसकेपछि मात्र घर पठाउने व्यवस्था मिलाएका छौं । प्रत्येक वडा र टोलटोलमा स्वासथ्यकर्मीहरू परिचालन गरेका छौं । आम सर्वसाधारणमा सचेतना फैलाउन जनचेतनामूलक कार्यक्रमका साथै हेल्थ डेस्कमार्फत् चेकजाँच समेत गरिरहेका छौं ।

अघिल्लो वर्ष १ जना मात्र संक्रमित भएता पनि धेरै मानिसलाई भारतबाट र अन्य ठाउँबाट उद्दार गरी क्वारेन्टाइनमा राख्नका लागि हाम्रो गाउँपालिकालाई करिव एक डेढ करोड आर्थिक भार पर्यो । पहिलाको तुलनामा यस वर्ष खर्च भएको छैन् यद्यपि संक्रमित दर भने बढि रहेको छ ।

तपाईंले निर्वाचनताका जनतासँग गरेका बाचा प्रतिबद्धतालाई अहिलेसम्म के कति पुरा गर्न सक्नु भयो ? तीमध्ये महत्वपूर्ण कामहरू बताई दिनुहोस् न ?

खानेपानीमा यहाँ नाउलाको पानी भर्न पनि लाइन लाग्नु पर्ने वाध्यता थियो । पलाँताको धेरै ठाउँमा राती पनि नाउलामा पानीका लागि कुरेर बस्नु पर्ने अवस्था थियो । अहिले ६० प्रतिशत घरधुरीहरूमा मिटरसहितका धाराहरू जडान गरेका छौं भने ४० प्रतिशत घरधुरीमा मिटरसहितको धारा जडान हुने काम चलिरहेको छ ।

स्थानीय निर्वाचनताका धेरै प्रचार प्रसारमा जान पनि पाइएन । म चुनावमा लड्छु भन्ने पनि थिएन । म अर्को साथीलाई सहयोग गर्ने भनी आएको चान्सवस चुनावमा प्रतिस्प्रर्धा गर्ने अवसर जुट्यो । म गाउँमा चुनावी प्रचारका लागि १ हप्ता मात्र डुलेको थिएँ । यस अवस्थामा जनताका बीचमा गई धेरै वाचा प्रतिवद्धता गर्ने कुरा पनि भएन । पार्टीका तर्फबाट पनि घोषणा पत्र प्रकाशन गर्ने समय नै नभएकाले विना घोषणा पत्र निर्वाचनमा जानु पर्यो ।

यद्यपि, हामीले गर्नु पर्ने कामहरूमा स्वास्थ्यको क्षेत्रमा प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्यौं भने अहिले चिकित्सकसहितको सेवा सञ्चालन हुने गरी अस्पताल सञ्चालनमा ल्याएका छौं । देशभरी १५ सैया अस्पतालको शिलान्यास कार्यक्रम सुरु भएको दिन हामीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमार्फत् अस्पताल उद्घाटन गरी सेवा सुरु गरेका छौं । सडक तथा यातायातको क्षेत्रमा हामीले जिरो पोइन्टबाट सुरु गरेका थियौं । अहिले ट्याक्टरहरू चलिरहेका छन् । खानेपानीमा यहाँ नाउलाको पानी भर्न पनि लाइन लाग्नु पर्ने वाध्यता थियो । पलाँताको धेरै ठाउँमा राती पनि नाउलामा पानीका लागि कुरेर बस्नु पर्ने अवस्था थियो । अहिले ६० प्रतिशत घरधुरीहरूमा मिटरसहितका धाराहरू जडान गरेका छौं भने ४० प्रतिशत घरधुरीमा मिटरसहितको धारा जडान हुने काम चलिरहेको छ । यी बाहेक सार्वजनिक धाराहरू पनि निर्माण गरेका छौं । सिचाईंको क्षेत्रमा ८० प्रतिशत कृषियोग्य भूभागमा सिचाईँ आयोजनामार्फत् पक्की संरचनाहरू निर्माण गरिसकेका छौं । सूचना प्रविधिको क्षेत्रमा इन्टरनेटको पहुँच सम्पूर्ण वडाहरूसम्म पुर्याएका छौं । गाउँपालिकाको आफ्नै रेडियो स्थापना गरेका छौं ।

शिक्षाको क्षेत्रमा यहि शैक्षिक सत्रबाट लागु हुने गरी आवसिय विद्यालय निर्माणको अन्तिम चरणमा पुगेका छौं । सम्पूर्ण वडाहरूमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने विद्यालयहरू सञ्चालन गरेका छौं । निजी स्रोतबाट खाजाको रकम काटेर, जनताले गाउँबाट काम गरेर उठाएको पैसाले शिक्षक पाल्नु पर्ने वाध्यतालाई अन्त्य गरेका छौं । ६५ जना शिक्षकहरूका लागि स्थानीय दरबन्दी सिर्जना गरी विद्यार्थीको अनुपान अनुसार नियुक्त गरेका छौं । विद्यालयमा पठनपाठनका लागि निरन्तर शिक्षक जाने वातावरण सिर्जना गरेका छौं । हिजो स्थायी शिक्षकको २३ हजार हुने र करार शिक्षकले १५ सयमा पढाउनु पर्ने वाध्यता थियो । जसका कारण शिक्षकहरू विद्यालय निरन्तर नजाने, पढाउन जाँगर नचलाउने अवस्था थियो । अहिले हामीले स्थायी र करार स्थानीय दरबन्दी सिर्जना गरी एकरुपता ल्याएका छौं । शिक्षातर्फको भौतिक संरचनामा १२ कक्षासम्म सञ्चालन भएका विद्यालयमा २० वटा कोठा भएको पक्की भवन, १० कक्षासम्म पढाई हुने विद्यालयमा १६ कोठे पक्की भवन, ८ कक्षासम्म पढाई हुने विद्यालयमा १० कोठे पक्की भवन र ५ कक्षासम्म पढाई हुने विद्यालयमा ८ कोठे पक्की भवनहरू निर्माण प्रक्रिया अगि बढिरहेको छ ।
हामीले कृषिको क्षेत्रमा वर्षेनी २ लाखका दरले विभिन्न सिजनमा फल्ने फलफूलहरू स्याउ, नासपती, ओखर, कागती, सुन्तला, केराहरू आदि वितरण गर्ने गरेका छौं । अहिलेसम्म ४ वर्षमा हामीले ८ लाख विरुवा गाउँपालिकावासीलाई वितरण गरी वृक्षारोपण गरिसकेका छौं । अहिले लेकतिर जाने हो भने एउटै किसानका २०० देखि ५०० सम्मका स्याउका ठुल्ठुला बगैंचाहरू देख्न सक्छौं । त्यस्तै हामीले आलु पकेट क्षेत्र र सिमी पकेट क्षेत्र घोषणा गरेर उत्पादन भएर बजारीकरण गरिरहेका छौं । थिर्पु, बेर्सनकोटको तल खिर्पिज्यूला, फागोटीज्यूलामा लसुन र प्याज पकेट क्षेत्र बनाई कृषक राम्रो आम्दानी गरिरहेका छन् ।

तपाईँको गाउँपालिकाबाट निर्माण कार्यदल बनाएर पनि काम गरिरहनु भएको थियो । उनीहरूलाई परिचालन गरी के कस्ता कामहरू गरिरहनु भएको छ ?

हामीले निर्माणका लागि सक्षम युवाहरूलाई समेटी सुरुमा १०० जनाको निर्माण कार्यदल बनायौं अहिले १२० जना निर्माण कार्यमा संलग्न रहेका छन् । हाम्रो गाउँपालिकाका ठुला आयोजनाहरूमा निर्माण कार्यदललाई खटाएर काम अगाडि बढाइरहेका छौं । निर्माण कार्यदलकै परिचालनबाट कर्णालीको फेरी, विद्युत, सडकहरू, विद्यालयको भवनहरू निर्माण कार्य अगि बढिरहेको र थलाथलसेरी खानेपानी आयोजना अन्तर्गत २३ किलोमिटर टाढाबाट पानी ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।

हामीले १० वर्षे गुरु योजनामार्फत् रोजगारतर्फ प्रत्येक घरबाट ‘१ व्यक्ति १ रोजगार’ सिर्जना गर्ने उद्देश्यका अन्तर्गत युवा स्वयम्सेवकहरूलाई काममा लगाइरहेका छौं । कृषितर्फ काम गर्नेले कृषि व्यवसायमा लाग्ने, पुशुपालन गर्नेले पुशुपालन गर्ने र निर्माणको काम गर्नेले निर्माणको काम गर्ने गरी योजना बनाएका थियौं । त्यही अनुसार हामीले निर्माणका लागि सक्षम युवाहरूलाई समेटी सुरुमा १०० जनाको निर्माण कार्यदल बनायौं अहिले १२० जना निर्माण कार्यमा संलग्न रहेका छन् । हाम्रो गाउँपालिकाका ठुला आयोजनाहरूमा निर्माण कार्यदललाई खटाएर काम अगाडि बढाइरहेका छौं । निर्माण कार्यदलकै परिचालनबाट कर्णालीको फेरी, विद्युत, सडकहरू, विद्यालयको भवनहरू निर्माण कार्य अगि बढिरहेको र थलाथलसेरी खानेपानी आयोजना अन्तर्गत २३ किलोमिटर टाढाबाट पानी ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।

तपाईँको गाउँपालिकाका मुख्य समस्या र चुनौतीहरू के–के हुन् ?

भौतिक संरचना निर्माणका लागि जत्तिको चट्टानी पहाडसँग लड्नु पर्ने अवस्था छ त्यत्तिकै सामाजिक विकासका लागि मानविय चेतनाको चट्टानसँग लड्नु पर्ने वाध्यता छ । त्यस्ता दुवै खाले चट्टानहरूलाई फोडेर अगाडि बढिरहेका छौं । हिजोका भन्दा अहिले गुणात्मक रूपमा परिवर्तन ल्याएका छौं ।

यहाँको मुख्य समस्या भनेको पहिलो सकारात्मक सोंचको कमी हो भने दोस्रो भौगोलिक विकटता हो । मानविय चेतनाको हिसावले पनि असाध्यै पछाडि परेको गाउँपालिकामा पलाँता पर्दछ । हिजोको असाध्यै दुर्गम र घृणाका दृष्टिले हेरिने भेक हो । अहिलेसम्म पनि सकारात्मक ढंगले सहयोग गर्नु पर्दछ भन्ने भावना राखेको पाइदैन । कुनै पनि विकास निर्माणका काम हाम्रा लागि भन्ने भावना छैन् यो गाउँपालिका वा सरकारले गरेको हो, सरकारको सडक हो वा सरकारको खानेपानी हो भन्ने खालको चेतना पाइन्छ । अपनत्वको महशुस छैन् । भौतिक संरचना निर्माणका लागि जत्तिको चट्टानी पहाडसँग लड्नु पर्ने अवस्था छ त्यत्तिकै सामाजिक विकासका लागि मानविय चेतनाको चट्टानसँग लड्नु पर्ने वाध्यता छ । त्यस्ता दुवै खाले चट्टानहरूलाई फोडेर अगाडि बढिरहेका छौं । हिजोका भन्दा अहिले गुणात्मक रूपमा परिवर्तन ल्याएका छौं ।

स्थानीय तहको कार्यकाल सकिन १ वर्ष मात्र बाँकी छैन्, यस बीचमा काम गर्ने कार्ययोजना कसरी बनाउनु भएको छ ?
१० वर्षिय गुरु योजनामा रहेका निर्माणाधिन गौरवका ठुला सडकका आयोजनाहरू बाँकी रहलान् तर विद्युत, खानेपानी, सिचाईँका निर्माणाधिन आयोजनालाई सम्पन्न गर्ने योजना रहेको छ । अर्को कुरा सामाजिक विकास अन्तर्गत जनचेतनामूलक गतिविधिहरूलाई निरन्तरता दिने योजना बनाएका छौं । रोजगारीका कुरालाई स्थायित्व दिने योजना बनाएका छौं ।

स्थानीय तह प्रत्येक्ष रूपमा जनताका दैनन्दिन समस्याहरूसँग साक्षात्कार हुँदै काम गरिरहेको निकै सकारात्मक कुरा छ । यद्यपि कतिपयले स्थानीय तहकै कारण समाज नै भ्रष्टिकरणतर्फ गयो भनी टिप्पणी गरेको पाइन्छ । यसका तपाईँको धारणा के छ ?
हिजोको भन्दा अहिले समाज भ्रष्टिकरणतर्फ गएको भन्ने कुरालाई मान्न सकिदैन् । हिजोको तुलनामा अहिले धेरै मात्रामा नियन्त्रण भएको हो । जोकि हामीले अहिले विकास निर्माणको गतिलाई हेर्ने हो भने यो त भ्रष्टिकरण भएको मानिँदैनन नि ! हिजो पनि यहि बजेट आउँथ्यो अहिले प्रतिशतका हिसावले थोरै बढि छ । अहिले ३ वटा गाविस जोडेर एउटा गाउँपालिका बनेको छ । हिजोका दिनमा ३ वटा गाविसमा २५ लाखका दरमा मात्र बजेट बाडिन्थ्यो तर अन्य सरकारी कर्मचारीहरू, शिक्षकहरूलाई विभिन्न सरकारी कार्यालयहरूबाट सेवा सुविधा आउथ्यो । सामाजिक सुरक्षा भत्ता, कर्णाली रोजगार, गरिवी निवारणजस्ता कामका लागि जिविसबाट रकम आउथ्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरू फरक ठाउँबाट आउँथे र स्थानीय निकायमा आउने बजेट सानो देखिन्थ्यो ।

अहिले त्यसलाई डल्लो पारेर एकद्वार प्रणालीबाट आउँदा ठुलो मात्रामा देखियो । अहिले पलाँता गाउँपालिकामा २४ करोड बजेट आएको छ । यसमा १४ करोड ४८ लाख शिक्षा, स्वास्थ्य, कृषि, भेटनरी जस्ता क्षेत्रमा सशर्त अनुदानमा छ । समानिकरण अनुदानमा आएको ९ करोड ९८ लाखमा डेढ करोड प्रशासनिक कर्मचारीहरूमा खर्च हुन्छ । जनप्रतिनिधिको तलव भत्ता गरेर करिव १ करोड रकम खर्च हुन्छ । अन्य शिक्षातिरका कर्मचारी, प्राविधिक कर्मचारी र स्वास्थ्यतर्फका अन्य कर्मचारीलाई गरी ३ करोड जान्छ । विभिन्न संघ संस्था, महासंघसँगको साझेदारी कोषमा ५० लाख जति खर्च हुन्छ । यी सबै कटाएर रहने भनेको करिव ४ करोड रुपैयाँ हो ।

अहिले जुन खालको प्रतिक्रियाहरू आएको छ त्यो प्रत्यक्ष रूपमा जनतासँग जोडिएको हुनाले आम जनताले थाह पाउँछन् । सानो कुरामा पनि टिकाटिप्पणी बढि हुन्छ । हिजो केन्द्रको बजेट वडामा पुग्दासम्म पनि २० वर्षसम्म स्थानीय निकाय विहिन भएकाले जनताले थाह पाउने अवस्था थिएन । माथिबाट आएको १ लाख बजेट तल पुग्दा १ हजार पुगेको पनि जनतालाई थाह हुने अवस्था थिएन र हजारमा काम हुँदा पनि जनता सन्तुष्ट थिए ।

अहिले जुन खालको प्रतिक्रियाहरू आएको छ त्यो प्रत्यक्ष रूपमा जनतासँग जोडिएको हुनाले आम जनताले थाह पाउँछन् । सानो कुरामा पनि टिकाटिप्पणी बढि हुन्छ । हिजो केन्द्रको बजेट वडामा पुग्दासम्म पनि २० वर्षसम्म स्थानीय निकाय विहिन भएकाले जनताले थाह पाउने अवस्था थिएन । माथिबाट आएको १ लाख बजेट तल पुग्दा १ हजार पुगेको पनि जनतालाई थाह हुने अवस्था थिएन र हजारमा काम हुँदा पनि जनता सन्तुष्ट थिए । किनभने थाहै नभएको कुरामा सन्तुष्टि नै हुनुपर्यो । अहिले सूचना, सञ्चार, प्रविधिको प्रयोग, मानिसहरू शिक्षातर्फ अग्रसर भइरहेकाले पनि जान्ने बुझ्ने र खोजतलास गर्न सक्ने भएकाले पनि सानातिना कुराहरू पनि व्यापक हुने परिस्थिती बनेको हो ।

यस स्थानीय तहमा सत्तापक्ष र विपक्षी पार्टीका बीचको सम्बन्ध कस्तो रहको छ ?
सत्तापक्ष र विपक्षी पार्टी बीचको सम्बन्ध राम्रो नै छ तर सत्ता पक्षभित्र पनि गुट उपगुटका कारण काम गर्ने कुरामा अलि असहज अवस्था पनि सिर्जना हुन्छ । हिजोको गाविसको संरचना हुँदा मिलाएर खाने टाठाबाठाहरूको सबै क्षेत्रमा हालिमुहाली थियो । अहिले हामी निर्वाचित भइसकेपछि आधारभूत वर्ग वा निम्न वर्गलाई समेटेर समुहहरूमार्फत् कामहरूमा उनीहरूलाई प्राथमिकता दिई पुरानो संरचनालाई चिरफार गर्न खोज्दा निश्चित संख्यामा रहेको एउटा वर्गसँगको हामी निरन्तर लडाईँ लड्यौं र अहिले मत्थर पारिसकेका छौं ।

तपाईँहरूले गाउँपालिकाको कार्यालय केहि समय अगि मात्र थिर्पुबाट दुर्सीमा सार्नु भएछ, किन होला ?
सबैलाई पायक पर्ने ठाउँ भएको हिसावले गाउँपालिकाको सदरमुकाम दुर्सीमा सारिएको हो । हिजो निर्वाचनका क्रममा पनि सर्वसाधारणले पनि सदरमुकाम दुर्सीमा नै हुनुपर्छ भन्ने माग राखेकाले यहाँ सारिएको हो ।

तपाईँ राजनीतिक व्यक्तित्वका साथै सर्जक पनि हुनुहुन्छ । अहिले नयाँ के–कस्ता सिर्जना गरिरहनु भएको छ ?
वर्तमान परिस्थितिसँग जोडिएर सिर्जनाहरू गर्ने काम भएको छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाल्नु भयो त्यसको विरुद्धमा आवाज उठाउनका लागि ‘प्रतिगमनका विरुद्धमा उठौं’ भनेर भर्खरै बजार गीत ल्याएको छु । यो कोरोनाको महामारीलाई पनि मध्यनजर गरेर विदेशमा अलपत्रमा परेका युवाहरूको पिँडाको भावनालाई व्यक्त गर्ने गीतहरू बजारमा आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको