२० जेष्ठ २०८०, शनिबार

कर्णाली प्रदेश सभाको बैठक पुनः अबरुद्ध




२९ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेकपा(एमाले)ले पुनः अबरुद्ध गरेको छ । आफ्ना सांसदहरुले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वास मत दिएका सांसदहरुलाई मन्त्रीबाट हटाउन माग राख्दै अबरुद्ध पारेको हो ।

असार १ गते कर्णाली प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गरेपछि मन्त्रीको राजीनामा माग्दै संसद अबरुद्ध पार्दै आइरहेको छ । कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको सत्रौ बैठक पनि अबरुद्ध पारेको हो ।

एमाले संसद अबरुद्ध भएका कारणले बजेटमाथि नै छलफल हुन सकेको छैन् । एमालेका सांसद दानबहादुर परियारले एमाले पार्टीले गरेको काम देखेर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको र कर्णालीमा एमाले सत्ता पक्ष र प्रतिपक्ष बस्न नसक्ने भन्दै संसद चल्न नदिने बताए ।

सभामुख राजबहादुर शाहीले मंगलबार दिउँसो २ बजे बसेको बैठक अबरुद्ध बीचमा नै संचालन गर्ने चेतावनी दिएका थिए । तर, एमाले सांसद संसदमा उठिराखेका कारणले सभामुख शाहीले पटक पटक सभा संचालन गर्नका लागि आसनग्रहण गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको