५ आश्विन २०७८, मंगलवार

हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित म्युजिक भिडियो



२९ असार, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरूले गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै छायांकन गरेका छन् ।

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् ।

समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–संगीतको हाबी भएको छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएको भन्दै स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायांकन गरेको निर्देशक पदमराज हमालले जानकारी दिए ।

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरेको निर्देशक हमालले बताए । गोठालाहरूको दुःखपीडामा आधारित बनाई माया प्रेमको भाव झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको