२० जेष्ठ २०८०, शनिबार

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने




२९ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार (आज) प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ ।

सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएको थियो । यो संगै देउवा पाचौँ पटक प्रधानमन्त्री बनेका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ । देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन् ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ । मन्त्रिपरिषद् गठनको सुरुआती चरणमै गठबन्धनमा रहेका सबै दललाई समेटेर अघि बढ्ने तयारी रहेको एक नेताले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको