५ आश्विन २०७८, मंगलवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी




२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

आज बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीका सम्बन्धमा निर्णय गर्ने एक नेताले बताए ।

सर्वोच्च अदालतले हिजो शेरबहादुर देउवालाई आज बेलुका पाँच बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सोहीअनुसार देउवा आज प्रधानमन्त्री बन्दैछन् ।

देउवाको नेतृत्वमा गठन हुने सरकारमा पार्टीका तर्फबाट पठाउने नेताहरूको सम्बन्धमा निर्णय गर्नका लागि माओवादीको बैठक बसीरहेको हो । देउवाले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको