सर्वोच्वको फैसलाबारे के भन्छन् नेता घनश्याम भुसाल ?
असार २८, २०७८ । सत्ताबाट हात धुनु परेको नेकपा एमालेका लागि जनता र विपक्षीसँग कसरी जाने भन्नेमा द्वीविधा रहेको छ । नयाँ एकता प्रयासले मुर्त रूप लिइसकेको छैन भने सर्वाेच्वकाे फैसलाले आपसी अविश्वास खडा गरेको छ । यसबाट पार्टी भित्र नयाँ संकट देखा पर्ने सम्भावना पनि छ ।
यस्तो बेला नेकपा एमालेमा एकताका लागि प्रयासरत एमालेका उपमहासचिव घनश्याम भुसाल राजनीतिक पार्टीहरू र एमालेकै निम्ति पनि चुनौती थपिएको बताउँदछन् । तर नेता भुसाल हाम्रो शासकीय स्थिरताका निम्ति जुन भावनाअनुसार संविधान बनेको छ, त्यसको दुरुपयोग हुनसक्ने कयौ सम्भावनालाई अदालतले अन्त्य गरिदिएकोमा भने उनी खुशी ब्यक्त्त गर्दछन् ।
उनी भन्दछन् कि संविधान र संसदमा कसैको पनि मनमौजी चल्दैन भन्ने स्थापित गराउन पहिलेको नेपाल कम्युनिष्ट पार्टी र अहिले एमालेले भयङ्कर मूल्य चुकाएको छ । एमाले सरकार कायम नरहनु सुखद विषय नभएता पनि भविष्यको लोकतान्त्रिक स्थिरताका लागि राम्रै शिक्षा दिएको नेता घनश्याम भुसालको ठहर रहेको छ ।
तर नेता भुसाल एमालेको एकता जोगाउन भरमग्दुर प्रयास गरेको बताउँदै भन्दछन् धेरै मेहनत र अप्ठ्यारोबाट गुज्रिएर दशबुँदे निष्कर्षमा पुगेका हौं एकता जोगाउँदछौं ।