भिम रावलले लिएर गए माधव नेपालको सन्देश
२८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाललाई नेता नेपालले आफू गठबन्धनको बैठकमा सहभागी भएर औपचारिक रूपमा बाहिरिने बताएको केही समय पछि नेता नेपाल गठबन्धनबाट बाहिरिएको र पार्टी एकताका लागि तयार भएको सन्देश लिएर उपाध्यक्ष रावल नेकपा एमाले अध्यक्ष केपि ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
रावलमार्फत् नेता नेपालको सन्देशपछि नेकपा एमालेको स्थायी कमिटीको बैठक अनौपचारिक छलफलका रूपमा परिणत गरिएको थियो । यसपछिको बैठक माधव नेपाल पक्ष सहित बस्ने अनुमान गरिएको छ ।