२३ जेष्ठ २०८०, मंगलवार

एक साताभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश



२८ असार, काठमाडौं । सर्वोच्च अदालतले एक साताभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश दिएको छ । ४ साउन अपराह्न पाँच बजेभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश दिएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त परमादेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक आठ जेठमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसअघि उनले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।

यस्तै अदालतले संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको