२० जेष्ठ २०८०, शनिबार

कांग्रेस महामन्त्री खड्काको जिल्लामा को बन्ला कांग्रेसको सभापति ?




२८ असार, सुर्खेत । कांग्रेसको महाधिवेशन नजिकिदैँ गर्दा महामन्त्री पूर्णबहादुर खड्काको जिल्ला सुर्खेतमा जिल्ला अधिवेशनका लागि माहोल तातेको छ । प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा अन्य जिल्लाको भन्दा कांग्रेस राजनीति फरक रहेको छ ।
अन्य जिल्लामा देउवा, पौडेल, सिटौला र कोइरालाको प्यानल हावी हुने गरेको भएपनि सुर्खेत जिल्लामा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी र महामन्त्री पूर्णबहादुर खड्का प्यानलबीच कडा प्रतिपस्पर्धा हुने देखिएको छ ।
केन्द्रीय सदस्य थानी पौडेल पक्षधर नेता हुन् भने खड्का संस्थापन देउवा पक्षधर रहेको भएपनि जिल्लामा थानी र खड्का पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
गत जिल्ला अधिवेशनमा थानी प्यानलका कमलराज रेग्मी र खड्का प्यानलका यज्ञबहादुर बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा भएको थियो । गत, अधिवेशनमा रेग्मीले बुढाक्षेत्रीलाई तिन मतले पराजित गरेका थिए । बुढाक्षेत्री हाल कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री रहेका छन् ।
वहालवाला पार्टी सभापति रेग्मी दोस्रो पटक पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् भने खड्का प्यानलले पुनः बुढाक्षेत्रीलाई सभापपतिको उम्मेदवार बनाउने तयारी थालेको छ । दुबै सभापतिका बलिया उम्मेदवार हुन् ।
खड्का प्यानलबाट सभापतिमा आंकाक्षीहरुको धेरै रहेका छन् । खड्का पक्षका कालिप्रसाद शाक्य, टोपबहादुर रावत, श्याम भारती, गोविन्द कोइराला लगायतका नेताहरुले सभापतिमा आकांक्षा राखेको छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा प्रमुख देवकुमार सुवेदीले सभापतिको उम्मेदवारको आंकाक्षा राखेका छन् । उनले अहिले कुनै समूहमा खुलाएका छैनन् ।
सुर्खेतमा अन्नतः सभापतिको उम्मेदवारमा थानी प्यानलबाट वर्तमान सभापति रेग्मी र खड्का प्यानलबाट बुढाक्षेत्री नै उम्मेदवार हुने निश्चित जस्तै छ ।
सुर्खेतमा तप्तबहादुर बिष्टको प्यानल पनि रहेका कारणले बिष्टको निधनपछि उनको पक्षका नेता तथा कार्यक्रताहरु अहिले खड्का प्यानलमा लागेका छन् । बिष्टको प्यानल खड्का प्यानलमा लागेका कारणले अहिले खड्का प्यानलले जित्नसक्ने कांग्रेसका कार्यक्रताहरु बताउने गरेका छन् । तर, थानी प्यानल पनि कमजोर नभएकोले अहिले पनि थानी प्यानलले जित्न सक्ने आंकलन कांग्रेसीहरुले विश्लेषण रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको