के कर्णाली आफैमा गरिब हो त ?

महेन्द्रबहादुर शाही
२८ असार २०७८, सोमबार
कर्णालीका समस्या के हुन् ? किन कर्णाली गरिब भयो ? भन्ने सन्दर्भमा समग्र कर्णालीको बृहत् समीक्षा गर्नु आजको आवश्यकता हो । विगतमा कर्णाली के थियो ? वर्तमानमा कर्णाली कहाँ छ ? अहिले जुन बाटोबाट कर्णाली प्रदेश अगाडि बढ्दै गइरहेको छ त्यो बाटोबाट अगाडि बढ्दै गयो भने कहाँ पुग्छ ? त्यसका नकारात्मक र सकारात्मक असरहरू के हुन सक्छन् ? या अहिले हिँडेको बाटो गलत छ र त्यो बाटोमा जाँदा ठुलो दुर्घटना हुने सम्भावना छ भने कर्णालीको भविष्य कहाँ छ ? कता छ ? कसरी छ ? भन्ने कुरामा समीक्षा गरिनु पर्छ ।
विश्वमा धनको तुलना वा पैसाको तुलना सुनसँग हुने गर्छ । जुन राष्ट्रसँग धेरै सुन छ त्यो राष्ट्र सम्पन्न वा धनी राष्ट्रमा गणना हुन्छ । अहिले पनि कर्णालीका महिलाहरू अन्य ठाँउका भन्दा बढी सुन लगाउँछन् वा उनीहरूसँग बढी सुन छ । काँसका थालमा खाना खाने, तामाका भाँडामा पकाउने, अन्न राख्ने गर्छन् जुन सम्पन्नता मापनको आधार हो ।
कर्णाली प्रदेश हिजो कुनै बेला नेपालको सबैभन्दा धनी क्षेत्र थियो । पूर्वाञ्चल, मध्यमाञ्चलमा समस्या हुँदा कर्णालीमा समस्या थिएन । कर्णालीको विशिष्ट खालको आफ्नै बेग्लै इतिहास छ । हिजो त्यहाँका मानिसका रहन सहन, जीवनस्तर हेर्ने हो भने कर्णाली प्रदेश गरिबीको परिभाषामै पर्दैनथ्यो । कर्णाली प्रदेश हिजोको ठुलो व्यापारिक केन्द्र जुन सुर्वण भूमिका नामले समेत परिचित थियो । इतिहासमा रेशमी मार्गका रूपमा परिचित कर्णाली करिडोर वङ्गाल र भोटको व्यापार जोड्ने ठुलो आर्थिक करिडोर रहेको थियोे । अहिले पनि धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरूका लागि कर्णाली करिडोर सबैभन्दा छोटो रूट हो । विश्वमा धनको तुलना वा पैसाको तुलना सुनसँग हुने गर्छ । जुन राष्ट्रसँग धेरै सुन छ त्यो राष्ट्र सम्पन्न वा धनी राष्ट्रमा गणना हुन्छ । अहिले पनि कर्णालीका महिलाहरू अन्य ठाँउका भन्दा बढी सुन लगाउँछन् वा उनीहरूसँग बढी सुन छ । काँसका थालमा खाना खाने, तामाका भाँडामा पकाउने, अन्न राख्ने गर्छन् जुन सम्पन्नता मापनको आधार हो ।
हिजो समाज परम्परागत कृषिमा निर्भर हुँदा कर्णाली कृषिमा आत्मनिर्भर थियो । व्यावसायिक पशुपालनका माध्यमबाट मासु र दुग्धजन्य पदार्थमा तथा कपास खेती गर्ने र भेंडाको ऊनी उत्पादन गरी कपडाहरू बनाउने गर्नाले कपडामा आत्मनिर्भर थिए । अझै पनि ठेटुवा बुन्ने चलन छ । पैसा पनि टन्न थियो तर यस्तो कर्णाली किन परनिर्भर हुँदै गयो र किन कर्णालीलाई गरिब भनी चित्रण गरियो भन्ने कुराको समीक्षा गर्नुपर्छ । कर्णाली गरिब आफै भएको हो वा गरिब बनाइएको हो समीक्षा गर्नु पर्छ ।
मुख्यतः प्रजातन्त्रको पुनःवहालीपछि विकासे कार्यकर्ताहरूले आफूले भात खान कर्णालीलाई गरिबको ट्याग लगाईदिए । कर्णालीका जनता भोकभोकै भातका लागि तड्पिएका छन् भनेर कुप्रचार गरियो । यो वास्तवमा गलत थियो । कर्णालीमा सेतो चामल प्रशस्त नहोला त्यो भन्दा कयौं गुणा स्तरीय, जैविक, शुद्ध मार्सी धान, चिनो, कालो जाडो र रातो चामल खाने कर्णालीबासी कसरी गरिब हुन सक्छन् ? आलु, सिमी र स्याउ खाने कर्णालीवासी गरिब कसरी हुन्छन् ? यो प्रश्न विकासेलाई गर्नु जरूरी छ । त्यसैले कतिपय कर्णालीवासी सेतो चामलको भात देखाएर खान्छन् तर रातो मार्सी, चिनो चामलको भात लुकाएर खान्छन् । आफूलाई धनी वा सभ्य देखाउन काँस र चरेसका थालसँग स्टिल र आल्मुनियमका भाँडा साँटेर गर्वले देखाएर प्रयोग गर्छन् । कर्णालीवासीको दिमागमा गलत कुरा संस्कृतिको रूपमा घुसाइ दियो गरिबीको ट्याग लगाई दियो, सबैले गरिब भन्दाभन्दै मनस्थिति गरिब भएको हो ।
जब पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरी आधुनिक नेपालको निर्माण भयो त्यसपछि कर्णालीलाई दुईवटा ब्यानरमा परिचय दिने काम भयो । एउटा जबरजस्ती गरिब भनेर ट्याग लगाइ दिए । मुख्यतः प्रजातन्त्रको पुनःवहालीपछि विकासे कार्यकर्ताहरूले आफूले भात खान कर्णालीलाई गरिबको ट्याग लगाईदिए । कर्णालीका जनता भोकभोकै भातका लागि तड्पिएका छन् भनेर कुप्रचार गरियो । यो वास्तवमा गलत थियो । कर्णालीमा सेतो चामल प्रशस्त नहोला त्यो भन्दा कयौं गुणा स्तरीय, जैविक, शुद्ध मार्सी धान, चिनो, कालो जाडो र रातो चामल खाने कर्णालीबासी कसरी गरिब हुन सक्छन् ? आलु, सिमी र स्याउ खाने कर्णालीवासी गरिब कसरी हुन्छन् ? सडे गलेका बासी, जङ्क फुड खाने मानिस सम्पन्न मार्सी चामल, कोदो–फापरको ढिडो खाने, आलु, सिमी खाने मानिस कसरी गरिब हुन सक्छन् ? यो प्रश्न विकासेलाई गर्नु जरूरी छ । कर्णालीलाई हेर्ने दृष्टिकोण यसैकारण फरक भएको छ । सबैले तिमी गरिब भन्दाभन्दै कर्णालीबासीमा गरिब मानसिकताको विकास भइरहेको छ । त्यसैले कतिपय कर्णालीवासी सेतो चामलको भात देखाएर खान्छन् तर रातो मार्सी, चिनो चामलको भात लुकाएर खान्छन् । आफूलाई धनी वा सभ्य देखाउन काँस र चरेसका थालसँग स्टिल र आल्मुनियमका भाँडा साँटेर गर्वले देखाएर प्रयोग गर्छन् । कर्णालीवासीको दिमागमा गलत कुरा संस्कृतिको रूपमा घुसाइ दियो गरिबीको ट्याग लगाई दियो, सबैले गरिब भन्दाभन्दै मनस्थिति गरिब भएको हो ।
त्यसपछि गरिबको काम माग्ने, धनीको काम दिने भयो । देखावटी ट्यागका कारण कर्णालीलाई राज्यले पनि गरिबको ब्यवहार गर्यो । कतै गरिबीको उदाहरण दिनु पर्यो भने कर्णालीका जनता पहिलो शब्द हुन्छ । भूगोलमा गरिबी हुँदैन भन्ने कुरा बुझ्नु जरूरी छ । मानसिकताले गरिब हुने हो, हाम्रो मानसिकतामा व्यापक परिवर्तन गर्न जरूरी छ । यही बाटोमा अगाडि जाने हो भने ठुलो दुर्घटनामा परिन्छ । अहिलेको युग भनेको प्रतिस्पर्धाको युग हो । बाँच्नका लागि मात्र बाँच्ने होइन, अरु जीव बाँचेजस्तो बाँच्ने होइन अव ट्रयाक परिवर्तन गर्नु पर्छ । त्यो अर्को ट्रयाक शिक्षा नै हो । शिक्षा बिना केही पनि सम्भव छैन । जीवनोपयोगी सीपसहितको आधुनिक शिक्षाको नयाँ गन्तब्य निर्धारण गर्नु पर्ने हुन्छ । नेपालमा धेरैजसो शिक्षाको नाममा कण्ठ गर्ने घोकन्ते प्रकृतिको शिक्षा विद्यमान छ । वस्तुको नाम, मान्छेका नाम, ठाउँको नाम इत्यादि । काम नगर्ने अध्ययन मात्र गर्ने शिक्षाको काम छैन । गन्तव्यमा पुग्न चुनौतीलाई सामना गर्ने, विकल्पको खोजी गरेर अगि बढ्ने शिक्षा हुनुपर्छ । अबको शिक्षा प्रदेशलाई कस्तो जनशक्ति आवश्यक छ त्यस्तो किसिमको शिक्षा प्रणाली अपनाउनु पर्दछ । विभिन्न क्षेत्रलाई विशिष्टीकरण गरी शिक्षा दिन सके कर्णालीमा छिट्टै परिवर्तन ल्याउन सकिन्छ । अब हामीले शिक्षालाई मुख्य आधार बनाएर अगि बढ्ने हो ।
जहाँ जे छ त्यसको स्वाद लिन जान्नु पर्छ । रारामा के गर्न जाने, किन जाने भन्ने कुराको छुट्टै प्रचार प्रसार आवश्यक छ । प्राकृतिक, एकाग्रता, ध्यान गर्ने ठाउँ, शान्त ठाउँ, स्वर्ग आदिबाट परिभाषित गर्न सकिन्छ । ठुला पाटन, हाई अल्टिट्च्युडमा जान्छु भन्ने सोचेर पर्यटक आउने वातावरण बनाउनु पर्छ । देखासिकी गरेर काम छैन । कर्णालीको विकासलाई फरक आँखाले खोज्ने प्रयास गर्नु पर्छ ।
कर्णाली भर्जिन ल्याण्ड हो । यहाँ धेरै गर्न बाँकी छ, असङ्ख्य सम्भावनाहरू छन् । विश्वको जुनसुकै कुनामा गए पनि नेपालीले दाल, भात खोजेजस्तै कर्णालीमा अन्य ठाँउको जस्तै होटेल, डुङ्गा, दोहोरी साँझ खोज्ने, त्यसपछि रारामा केही छैन भन्ने गरेको सुनिन्छ । जहाँ जे छ त्यसको स्वाद लिन जान्नु पर्छ । रारामा के गर्न जाने, किन जाने भन्ने कुराको छुट्टै प्रचार प्रसार आवश्यक छ । प्राकृतिक, एकाग्रता, ध्यान गर्ने ठाउँ, शान्त ठाउँ, स्वर्ग आदिबाट परिभाषित गर्न सकिन्छ । ठुला पाटन, हाई अल्टिट्च्युडमा जान्छु भन्ने सोचेर पर्यटक आउने वातावरण बनाउनु पर्छ । देखासिकी गरेर काम छैन । कर्णालीको विकासलाई फरक आँखाले खोज्ने प्रयास गर्नु पर्छ । कर्णालीले प्रकृतिबाट नै आत्मनिर्भर बन्ने प्रशस्त सम्भावना छ । अब कर्णाली प्रदेशले मान्छेलाई खुसी बेचेर आर्थिक समृद्धि पाउन सक्नेछ ।
हाम्रो छिमेकी राष्ट्र चीनले विश्वका मान्छेले के खोज्छ, के बनायो भने खुसी हुन्छ भनेर अनुसन्धान गर्यो र त्यही सामान उत्पादन गर्यो जुन हामी नेपालीले पनि किनिरहेका छौं त्यसमा खुसी छौं । चिनले खुसी बेचिरहेको छ । हामीले पनि खुसी बेच्ने हो, डलर लिने हो, अनि धनी बन्ने हो जसका लागि हामीसँग प्रशस्त आधारहरू छन् । हर्बल, कृषि, शिक्षा, पर्यटनमा अथाह सम्भावनाहरू छन् । पर्यटनका लागि अन्तको जस्तै केवुलकार बनाउनु नै पर्दैन, यहाँ जे छ त्यो नै काफी छ । अर्को अर्गानिक कृषि हो । विषादी छर्न नदिई कृषि उत्पादन गर्ने, प्राङ्गारिक मल प्रयोग गर्ने, व्यावसायिक ढङ्गले पशुपालन गर्न सकिने थुप्रै ठाउँ छ । नयाँ शिराबाट प्रचार प्रसारको मात्र जरूरी छ ।
पूर्वाधारको कमीले गर्दा गरिब देखिएको मात्र हो । छरिएर रहेका बस्तीमा विकास पुर्याउन गाह्रो हुने भएकाले एकीकृत बस्ती विकास गर्नु पर्छ । त्यसले व्यवस्थित बस्ती बसाल्ने योजना छ त्यो भयो भने कम लागतमा सेवा सुविधा दिन सकिन्छ । गाडी पुग्यो भने मात्र विकास हुँदैन । जति ठाउँमा गाडी पुग्यो त्यहाँभरि ट्रक पुग्ने खाली फर्कने स्थिति छ । चाउचाउ, विस्कुट, पेप्सी, रक्सी भित्र्यायो केही पठाउन सकिएन भने त्यसले झन परनिर्भरता बढाउँदै लिनेछ । त्यसैले सडक पूर्वाधारको विकास हाम्रा स्थानीय उत्पादनसँग जोड्न आवश्यक छ । त्यस्तै हिल्सा–जमुनाह (नेपालगन्जस्थित भारतसँगको सीमा) फास्ट ट्र्याक कर्णालीको विकासका लागि मूलभूत संरचना हुनेछ । कर्णाली प्रदेशले पूर्वाधार विकास खास गरी सडक र हवाई यातायात पूर्वाधार निर्माणलाई सबैभन्दा बढी प्राथमिकतामा दिनु जरुरी छ । त्यसमध्ये पनि कर्णालीको लाइफ–लाइनका रूपमा रहेको कर्णाली राजमार्ग र त्यसमा पनि हिल्सा–जमुनाह सडक महत्वपूर्ण छ ।
सन् २०१० यता वर्षको औसत १५ हजार भारतीयले हिल्सा भएर मानसरोवर तथा कैलाश पर्वत परिक्रमा गर्ने गरेका छन् । नेपालगञ्ज–सिमकोट हवाइजहाज र सिमकोट–हिल्सा हेलिकोप्टर सेवामार्फत् यी धार्मिक तीर्थयात्री आवागमन गर्छन् । अहिलेको व्यापारको प्रवृत्ति हेर्दा हिल्सा–नेपालगन्ज–जमुनाह सडक जोडिँदा कैयन् गुणा बढी भारतीय पर्यटकहरू र आन्तरिक पर्यटकहरूको आवगमन हुन गई आम्दानीमा वृद्धि हुनेछ । त्यस हिसाबले सडक सञ्जाल निर्माणमा एकोहोरो सडक विस्तार वा आवतजावतको सुविधालाई मात्रै हेरिनु हुन्न, सँगसँगै यसलाई रोजगारमूलक, उत्पादनको विस्तार, विकास, प्रविधि हस्तान्तरण गरी औद्योगीकरणसँग पनि जोड्नु पर्छ । बाह्य वस्तु उपभोगको सट्टामा आफूले के उत्पादन गर्ने ? के बेच्ने ? भन्नेमा ध्यान दिनु आवश्यक छ । अहिले पनि हिल्सा नाका भएर दैनिक ट्रकका ट्रक सामान पैठारी हुने गरेको छ । हिल्सा–सिमकोट आवागमन सहज बन्न पुगेमा अहिलेको व्यापारले गुणात्मक फड्को मार्ने देखिन्छ । सिमकोट–कालिकोट खण्डको ट्रयाक खोलिएपछि रसुवा–काठमाडौं–वीरगन्ज करिडोरजस्तै हिल्सा–सिमकोट–कालिकोट–सुर्खेत–नेपालगन्ज करिडोर बन्दा यो क्षेत्रमा पर्यटन, जलविद्युत, औषधी प्रशोधन, फलफूल खेती तथा पशुपालन केन्द्रका रूपमा विकसित हुन सक्ने प्रबल सम्भावना छ । सडक विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगीकरण वा रोजगारमूलक अन्य प्रबन्ध तथा व्यापार व्यवसाय बढाएर सेवा र उत्पादनको मूल्य अभिवृद्धि गर्न सकिन्छ ।
चीनले अरब र अफ्रिकासँगको आफ्नो व्यापारको ठुलो हिस्सा यही करिडोरमार्फत् गर्ने ठानिएको छ । यो ‘एक क्षेत्र एक सडक’ अवधारणा चीनको सिन्ज्याङ प्रान्त भएर पश्चिम एसिया (इरान, इराक, साउदी अरबलगायत खाडी राष्ट्र), मध्य–एसिया (पूर्वी सोभियत गणराज्य) र रूसलगायत पश्चिम युरोपेली राष्ट्रसँग चीनलाई जोड्ने काम द्रुत गतिमा भइरहेको छ ।
चीनले ‘एक क्षेत्र, एक सडक’ (वान बेल्ट, वान रोड) महाअभियान चलाइरहेको छ र नग्री प्रिफेक्चरभन्दा अलिकति माथिबाटै चीन–पाकिस्तान इकोनोमिक करिडोर विस्तार भएको छ । यस करिडोरमा हाल ठुलो लगानीमा हाइवे र रेलवे निर्माण गरिँदै छ जुन अरेबियन सागरको गदर बन्दरगाहसम्म जोडिनेछ । चीनले अरब र अफ्रिकासँगको आफ्नो व्यापारको ठुलो हिस्सा यही करिडोरमार्फत् गर्ने ठानिएको छ । यो ‘एक क्षेत्र एक सडक’ अवधारणा चीनको सिन्ज्याङ प्रान्त भएर पश्चिम एसिया (इरान, इराक, साउदी अरबलगायत खाडी राष्ट्र), मध्य–एसिया (पूर्वी सोभियत गणराज्य) र रूसलगायत पश्चिम युरोपेली राष्ट्रसँग चीनलाई जोड्ने काम द्रुत गतिमा भइरहेको छ । भारत र पाकिस्तानसँगको अर्थ–राजनीति निकट भविष्यमा सुध्रियो भने अरेबियन खाडीको पेट्रोल र मध्य एसियाको ग्याँस भण्डारण पश्चिम तिब्बत भएरै ओसारपसार हुने सम्भावना देखिन्छ ।
यस अर्थमा नेपालको ‘हिल्सा–यारी–मुचु’ नेपालको ठुलो व्यापारिक नाका, आयात–निर्यात केन्द्रका रूपमा विस्तार हुन सक्छ । गफमा सीमित हुन पुगेको नेपालको व्यापार विविधीकरणले त्यसवेला साँचो अर्थ बोकेको हुनेछ । यो सम्भावना नजिकै छ भन्ने कुरा त चीनबाट इरानलगायत पश्चिमा मुलुकका लागि सामान बोकेर गएका रेलले नै पुष्टि गरेको छ । यद्यपि तेल र ग्याँसको पाइप लाइन विकास र यसमा हुम्लाको हिल्सा नाका सम्भावित सडक सञ्जाल (कनेक्टिभिटी) र सम्भावित ठुलो व्यापारिक नाकाका रूपमा विकसित भई केही समयका लागि दुई देश र आगामी एक दशकभित्रै त्रि–देशीय व्यापारिक नाकामा बदलिन सक्छ । यी सम्भावनाहरु बोकेको कर्णाली प्रदेश छोटो समयमा नै विकासका हरेक क्षेत्रमा फड्को मार्नेछ ।
शाही कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री हुन् ।