५ आश्विन २०८०, शुक्रबार

सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा एमालेका २३ सांसदहरू एकसाथ छौंः माधव नेपाल




२८ असार, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षरमा दृढ रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्‍जालमा लेख्‍दै उनले अदालतमा विचाराधिन मुद्धामा एमालेका २३ सांसद एकै ठाउँमा रहेको उल्‍लेख गरेका छन् ।

‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छु नेता नेपालले लेखेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पारेका छन् । त्यस्तै नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्‍लाहकार सूर्य थापाको फेसबुक स्टाटसप्रति आपत्ति जनाएका छन् ।

‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ मात्र, सर्वोच्‍चद्वारा न परमादेश न पुनस्स्थापना, मच्चियो मच्चियो जेठो नराम्री थच्चियो’ भन्‍दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको