गजल
सबैसँग आत्मीयता र आफ्नो पन हुनुपर्छ सायद ।
चित्त बुझाउने, धेरैथोरै दुख्ने मन हुनुपर्छ सायद।।
।।१।।
दिएर खुवाएर सबै आफ्नो बनाउन के सकिएला ?
सित्तैमा सबैलाई दिने मिठो वचन हुनुपर्छ सायद ।
।।२।।
के पाउनु छ र दुनियाँमा के गुमाउनु छ र बरै ?
जे छ त्यसमै सन्तुष्टि मान्ने झन हुनुपर्छ सायद ।।
।।३।।
राम्रो त के राम्रो को राम्रो छ र संसारमा हजुर ?
हेर्ने नजरिया राम्रो भएको तन हुनुपर्छ सायद ।।
।।४।।
साथमा को हुनुपर्थ्यो, को भको भए, के हुन्थ्यो ?
निष्कर्षमा पुगेपछिको भनाभन हुनुपर्छ सायद ।।
।।५।।
केले खुसी मिल्थ्यो, केले सुख मिल्थ्यो कुन्नी ?
खुसी लुट्ने पक्कै साहुँ महाजन हुनुपर्छ सायद ।।
।।६।।
जो खुसी हुनुपर्थ्यो, त्यो कहिल्यै त्यो नभएपछि ।
मन बहलाउने विकल्प यहि बन हुनुपर्छ सायद ।।
खड्का मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायका सहायक डिन हुन् ।