२२ जेष्ठ २०८०, सोमबार

कामको खोजीमा भारत हिँडेकाहरू भन्छन्- नेपालमा काम पाइँदैन, नगएर के गर्नु ?




२७ असार, सुर्खेत । कोरोनाका कारण रोजगारी गुमाएर वैशाखको पहिलो साता भारतको मुम्बईबाट घर आएका कालिकोटको नरहरिनाथ गाउँपालिका- ९ का नरेश परियार पुनः भारत फर्केका छन् ।

गाउँमा बस्दा भारतबाट कमाएर ल्याएको पैसा सकिएको र नेपालमा रोजगारी नपाएकाले पुनस् फर्कनु परेको उनले बताए । ‘भारतमा कोरोनाका कारण चौकीदारी गर्ने कामबाट हटाएको थियो,’ सुर्खेतको वीरेन्द्रनगर बासपार्कनजिकै भेटिएका परियारले भने, ‘यहाँ बसेर पनि काम गर्ने वातावरण नभएकाले पुनः भारत जान लागेको छु ।’

कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट आएका दैलेख आठबिस नगरपालिका– ६ का कर्ण थापा पनि पुनस् भारत जाँदै छन् । ‘यहाँ गाउँमा बसेर केही पनि काम हुँदैन । गाउँमा जग्गा जमिनमा बाली लगाएर भारत जान लागेको छु,’ उनले भने, ‘नेपालमा रोजगारी नभएले भारतमा केही रोजगारी पाइन्छ कि भनेर जान लागेको हुँ रु’

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका युवाको मुख्य रोजगारीको गतव्य भारत हो । यहाँका अधिकांश नागरिकहरू मुम्बई, बैङलोर, सिम्ला तथा नैनिताललगायतका सहरमा रोजगारीका लागि जाने गरेका छन् ।

भारतको सिम्लामा स्याउ टिप्ने सिजन हुन थालेको बताउँछन् जुम्लाको कनकासुन्दरी गाउँपालिकाका शंकर बुढा । ‘भारतको सिम्लामा स्याउ टिप्ने सिजन सुरु हुन थालेको छ । त्यहाँ दुई महिना स्याउ टिप्ने बोक्ने काम गरियो भने एक लाखभन्दा बढी भारतीय रुपैयाँ कमाइ हुन्छ,’ उनले भने, ‘नेपालमा त्यो पैसा कहाँ कमाउन सकिन्छ रु दशैँमा घर आउने गरी भारत जान लागेको हुँ ।’

भारतका ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारलगायतका काम गर्दा राम्रो ज्याला पाउने गरेको बताउँछन् सल्यानको सिद्धकुमाख गाउँपालिका- ६ का रमशेश ओली । ‘नेपालमा ज्याला मजदुरीको काम गरे पनि ठेकेदार तथा उपभोक्ता समितिले खाइ दिन्छन् । सरकारको तोकेको ज्याला पनि दिँदैनन्,’ उनले भने, ‘भारतमा ज्याला मजदुरी गरेर दैनिक एक हजारभन्दा बढी कमाउन सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको