१९ जेष्ठ २०८०, शुक्रबार

तिमीले देखेको ‘म’ र मैले भोगेको ‘म’



तिमीले देखेको म अनि मैले भोगेको ममा धेरै फरक छ । जब तिमीले देखेको मको म चरित्रमा म प्रस्तुत भैरहेको हुन्छु तिमीले मलाई तिमीले चाहेको जस्तै म पाइरहेको हुन्छौं । वास्तवमा म भित्रको म त्यो कहिल्यै होइन । जब तिमी मबाट टाढा जान्छौ अनि त्यस पछि मैले भोगेको म सुरु हुन्छ । तर अपसोच, तिमीले मैले भोगेको म कदापी देख्न सक्दैनौ !

जब तिमीले देखेको मको म चरित्रमा म प्रस्तुत भैरहेको हुन्छु तिमीले मलाई तिमीले चाहेको जस्तै म पाइरहेको हुन्छौं । वास्तवमा म भित्रको म त्यो कहिल्यै होइन । जब तिमी मबाट टाढा जान्छौ अनि त्यस पछि मैले भोगेको म सुरु हुन्छ । तर अपसोच, तिमीले मैले भोगेको म कदापी देख्न सक्दैनौ ! तिमी मलाई दिमागले हेरेर बुझ्ने गर्छौ भने म तिमीलाई मनमा राखेर बुझ्ने गर्छु हो यहि फरक छ तिमी अनि म बिचमा ।

जीवनमा वास्तविक परिवर्तन दुई चिजले भएको देख्छु म । एउटा दिमागको सोचले त एउटा मनको सोचले । तिमी मलाई दिमागले हेरेर बुझ्ने गर्छौ भने म तिमीलाई मनमा राखेर बुझ्ने गर्छु हो यहि फरक छ तिमी अनि म बिचमा । दिमागको सोच समय अनुसार विषयवस्तु अनुसार र तिम्रो आफ्नो बुझाई भोगाई अनुसार बुझ्ने हुन्छ यानकि समय अनुसार परिवर्तन हुन्छ तिम्रो दिमाग । त्यही अनुसार परिवर्तन हुने भएकाले दिमाग अनुसार तिमीले मलाई गर्ने व्यवहार फरक हुन्छ, ‘छेपारोले रुप फेरेको जस्तै’ कुन बेला के देख्छौ र मलाई त्यही अनुसार व्यवहार गर्छौ ? हेर न अपसोच तिमीलाई मैले मेरो सुन्दर मनमा बिराजमान गराएको छु । तिमी कस्तो ठाउँमा छु भन्ने वास्तवमा नै तिमीलाई थाहा नहुन सक्छ किनकी तिमी त्यो ठाउँसम्म कहिले पुग्न सकेकै छैनौ । तिमी त परिवर्तनकारी पो त, मेरो मनको स्थायीत्वलाई कहिले नै पो बुझ्ने कोशस गरेको छौ र ? मेरो मतलब मन हो म मन, मन सधै सहि सत्य अनि स्थायी हुन्छ, यदि वास्तवमा मनबाट अपनाएको हो भने !

मलाई आशा छैन कि तिमीले मैले गरेको जस्तै गर्न सक्छौ किनकी तिमीले मलाई आफ्नो परिवारको सदस्यको रूपमा स्विकार्ने हिक्मत गरेकै छैनौ । हो म पराई नै हो तिम्रो लागि जब तिमी मलाई तिम्रो मनसँग जोड्न सक्दैनौ तबसम्म म त्यो दिमागी खेलमै खेलाई रहेको पात्रमा मात्र सिमित हुनेछु !

मैले जीवनमा दिमागलाई भन्दा मनलाई धेरै महत्त्वका साथ हेर्ने गरेको छु । मेरो दिमागमा धेरै चिजहरू हुन्छन्, आउछन्, जान्छन्, कोहि केही समयसम्म रहन्छ्न केही त याद नि हुँदैनन् । कसैले त्यती गहन प्रभाव पार्दैनन,जो कोहि मेरो मनसम्म आउन सक्दैनन जब मनसम्म कोहि आउँछ नि त्यो मेरो परिवारभन्दा कम कदापि हुँदैन । तिमी पनि मेरो परिवारको सदस्य हो त्यो सदस्यसँग मैले हास्न रुन लड्न भिड्न घुर्क्याउन बिना संकोच रमाउन स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ ।

म जस्तो छु त्यस्तै रूपमा अपनाउनु पर्छ जसरी एउटा भक्तले मन्दिरको प्रसादी कुहिएको भए पनि सिरोपर गर्दछ ! हो म धेरै सताउछु, घुर्काउछु, रुवाउछु, थर्काउछु गाली गर्छु कसलाई त ? मेरो परिवारलाई मेरो मनको तिमीलाई…..म जस्तै तिमी नि मलाई सताउ मलाई स्विकार्य छ, खैर मलाई आशा छैन कि तिमीले मैले गरेको जस्तै गर्न सक्छौ किनकी तिमीले मलाई आफ्नो परिवारको सदस्यको रूपमा स्विकार्ने हिक्मत गरेकै छैनौ । हो म पराई नै हो तिम्रो लागि जब तिमी मलाई तिम्रो मनसँग जोड्न सक्दैनौ तबसम्म म त्यो दिमागी खेलमै खेलाई रहेको पात्रमा मात्र सिमित हुनेछु !

तिम्रो मस्तिष्कबाट म जोडिएको छु र त, तिम्रो देखाई, भोगाई र हेराई अनुसार परिवर्तनको रूपमा म देखिरहेको छु गुर्जिरहेको छु । तिम्रो दिमागी खेल हो जे इमेज देख्छौ त्यही रूपमा मलाई व्याख्या अनि विशेषण गरिदिन्छौ । हो यहि फरक छ तिम्रो ‘दिमागि खेलमा अनि मेरो मनको खेलमा’ ।

भण्डारी जनप्रशासन कलेजमा प्राध्यापन पेशामा सङ्लग्न छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको