एमालेद्वारा कर्णाली प्रदेशसभाको पुनः बैठक अबरुद्ध
२७ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक नेकपा एमाले अबरुद्ध पारेको छ । एमालेमा फ्लोरक्रस गरेर मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा राजिनामा माग गर्दै संसद बैठक पुनःअबरुद्ध पारेको हो ।
एमालेले लगातार कर्णाली प्रदेश सभाको आठौं अधिबेशनको सोह्रौ बैठक अबरुद्ध पारेको हो ।
आज आइतबार दिउँसो २ बजे बैठक बसेको अबरुद्ध पारेको छ ।
आजको बैठक एमालेले अबरुद्ध पारेपछि सभामुख राजबहादुर शाहीले अर्को बैठक असार २९ गते दिउँसो २ बजेका लागि बोलाएका छन् ।
एमालेले संसद बैठक अबरुद्ध पार्न थालेका कारणले कर्णाली प्रदेशसभामा पेश भएको बजेटमाथि छलफल हुन सकेका छैन् ।