२० जेष्ठ २०८०, शनिबार

कोरोना नियन्त्रणका लागि एक महिनामै १६ करोड ६८ लाख निकासा




२७ असार सुर्खेत । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले एक महिनामा पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ । एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड ६८ लाख ४५ हजार दुईसय ४० रुपैयाँ निकासा गरेको हो ।

जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ ।

कोरोना संक्रमितको उपचार तथा आवश्यक औषधि पूर्वाधार तयारका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई एक करोड ६० लाख ४३ हजार सातसय ४० रुपैयाँ निकासा दिइएको छ ।

जसमध्ये रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार एकसय २५, सुर्खेतमा २६ लाख २७ हजार ६ सय २५ र दैलेखमा १९ लाख ५२ हजार पाँचसय रुपैयाँ निकासा दिइएको छ ।

त्यस्तैगरी जाजरकोटमा १६ लाख ९६ हजार आठ सय, डोल्पामा १४ लाख ३५ हजार पाँचसय, जुम्लामा १२ लाख ८६ हजार, कालिकोटमा १६ लाख ३६ हजार पाँचसय, मुगुमा ९ लाख ७३ हजार एकसय ९० र हुम्लामा १० लाख ५३ हजार पाँच सय रकम निकासा गरिएको हो ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षत्रीले एक महिना पूरा भएको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार वीरेन्द्रनगरस्थित कभर्ड हल निर्माणका लागि १४ लाख ३२ हजार, पन्चपुरी–२ को प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई १० लाख र कालिकोटको खाँडाचक्रमा कभर्ड हल निर्माणका लागि १५ लाख रकम निकासा दिइएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको