एनआरएनए अस्ट्रेलियाको निर्वाचनः स्वतन्त्र प्यानल विजयी हुने उम्मेदवारको दाबी
२७ असार, काठमाडौं । नेपालबाट अस्ट्रेलिया गइ बसोबास गर्ने नेपालीहरूको संस्था (एनआरएनए) को निर्वाचन आगामी जुलाई ३१ मा सम्पन्न हुँदैछ ।
निर्वाचन नजिकिंदै गर्दा नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । विगतमा निर्वाचित नेतृत्वले व्यक्तिवादी अनि स्वेच्छाचारी ढङ्गले आफू र आफ्ना अनुकूल व्यक्तिहरूको सीमित घेरा भित्र रही एनआरएनए जस्तो गरिमामय संस्थालाइ नै बदनामी बनाउने काम भएको स्वतन्त्र युवाहरू बताउछन् । यसपटक स्वतन्त्र युवाहरुको टिम चुनावी मैदानमा उत्रिने भएपछि निर्वाचनप्रति धेरैको ध्यान खिचिएको छ ।
विगतका नेतृत्वको गल्तीले संस्था बदनाम भएको र अस्ष्ट्रलियाका नेपालीहरूमा ब्यापक असन्तुष्टी छाएको स्वतन्त्र युवाहरूको टिम संयोजक अभिषेक उप्रेतीले बताए । उनले त्यस्ता असक्षम नेतृत्वलाई मत परिमाण बाट परास्त गर्न आफुहरु स्वतन्त्र समूहको नाउँमा चुनावी मैदानमा उत्रिनु परेको टिम संयोजक उप्रेतीले बताए ।
‘हाम्रा साझा समस्याहरू छन्, पार्टीको चस्मा लगाउनेहरूले हाम्रा समस्याहरु समाधान गर्न सक्दैनन् । त्यसैले हामी स्वतन्त्र भएर नर्वाचनमा होमिंदै छौ ।’ उप्रतीले भने, ‘हामी कुनै दलको फाइदाको लागि सोच्दैनौ, कसैलाई काखा र पाखा पनि गर्दैनौ, त्यही भएर हामी प्रति आकर्षण बढ्नु स्वभाविक छ ।’
आफ्नो प्यानलका उम्मेदवारबारे विस्तृत जानकारी दिँदै उप्रतीले भने, ‘एनआरएनए को गरिमालाई उच्च बनाउनका लागि म अभिषेक उप्रेतीको संयोजकत्वमा सचिव, सह-सचिव, कोषाध्यक्ष र यूथ संयोजक क्रमशः बासु चापागाईँ, समीर आचार्य, रौनक कोइराला र रबिन मैनालीसहित अन्य स्वतन्त्र युवाहरूको टिम कुनै पार्टीको झन्डा नबोकी मात्र नेपालको राष्ट्रिय झन्डालाई उठाउँदै , निर्वाचनको प्रतिस्पर्धात्मक मैदानमा उत्रिएका छौँ ।’
स्वतन्त्र युवाहरूको टिमलाई अष्ट्रेलीयामा बसोबास गर्ने आम नेपालीहरूको व्यापक साथ र समर्थन रहेको बताउदै यूथ संयोजकका उम्मेदवार रबिन मैनालीले अस्ष्ट्रेलियामा चुनावको रस्साकस्सी सुरू भइसकेको जानकारी दिए ।